HI EVERYONE!

सु-स्वागतम :)
मेरो ब्लगमा आएर रूचि देखाईदिनु भएकोमा धन्यवाद ।।

Sep 12, 2017

Apr 3, 2017

आधा आधी जिन्दगीको

आधा आधी सकियो जिन्दगी, आजबाट ३१ लागेपछीको महसुस हो यो, ६० पछी जिन्दगी त रहला तर जिउन चाही गार्हो हुने अनुमान लगाउन समाजमा चलेका चलन ले उदाहरण प्रस्टै प्रसस्तै छन । चलेको जिवनशैली भन्दा भिन्न हुन सकियो भने अर्कै कुरो।

२० देखी ३० को दशक सबैभन्दा महत्वपुर्ण हुदो रहेछ, जिवनको खास मतलव पत्ता लाग्ने समय, धेरै थोरै मैले पनि बुझे।

संसार परिबर्तन गर्ने, पुर्ण देशभक्ति निभाउने सामर्थ्य त भएन मेरो, तर आफैलाई तोडमोड गरि सहि बाटोमा ल्याउने प्रयास भने गरे ।


यहि बीचमा ईमान्दारीता को पाठ सिकाउने बाउ-आमा, आत्मसम्मान कायम राख्न पुर्ण साथ दिने अन्तर्मनको सहयात्री बिनु जी, अभिभावकत्व को जिम्मेवारी सिकाउने मानुषी, भातृत्वभाव जगाउने दिदी-भाईहरु, सुखमा होस् या दुखमा जिन्दगी जसरी पनि चल्नु पर्छ भनेर प्रेरणा दिने, चलाउन हरदम साथ दिने साथीहरु, अनि संधै भरी म प्रति शुभेक्षा राख्ने इष्टमित्र र आफन्तजन। सबै प्रति कृतज्ञ छु यो खुशी को माहौंलका लागी...

शुभकामना

सोच्थें..! अर्धांगिनी हुनु को मतलब, आधा जिम्मेवारी लिने, आधा काम गरिदिने, आधा समस्या सल्टाई दिने, आधा चिन्ता भोगी दिने, आदि ईत्यादि .. !

गलत रहेछु ! तपाई संगको अनुपम साथ ले महसुस गरायो.. अर्धांगिनी आफ्नै आधा हुनु हो, आफ्नै चिन्ता हुनु हो, आफ्नै निर्णयमा ढुक्क हुनु हो, अर्को कोहि होईन, आफु आफै जिउनु हो । मेरो परिचयमा तपाईलाई पाउनु हो,तपाई म बाहेक होईन कि, म भित्रै हुनु हो !

यो सुख अतुलनिय छ, कायम रहोस्, बढ्दै जाओस् सधैभरी यसै गरि। #जन्मदिनको_शुभकामना ।

💞💞💐💐💐💞💞

#साईलाको_कथा

तलब आयो अरे..।।

एउटा मिठो मुस्कान देखियो, 


ड्युटी सकिए पछि सोझै एटिएम को सयजना जतिको लाईन मा बस्छ, बल्ल बल्ल पैसा निकालेसी अर्को आईएमी को बिस पच्चिस जना जतिको लाईन मा बस्छ, आफ्नो लागी काम चल्ने राखेर सब्बै अरु घरमा पठाईदिन्छ, पैसा पठाए पछि संगै गएका साथी भाई ले भन्छन - आज त सेलरी आएको दिन होटल मा खानु पर्छ, 

नाई यार !! अगिनै एटीम को लाईन बस्दा पिएको पेप्सी ले पेट दुखी राको छ म खान्न तिमोरु ईन्जोए गर, मेरो घरमा इम्पोर्टेन्ट कुरा गर्नु छ म रुम जान्छु" भनेर उस्को अनाबस्यक खर्च बाट जोगीयो र हिड्छ।

हतार हतार क्याम'मा पुगेर घर मिसकल गर्छ अनि वाईफाई मा ईमो खोलेर फोटो सेन्ड गर्दिन्छ।

त्यो बेला सम्म घरका सुतेका मान्छे नि उठेर अनलाईन आउछन्, पैसा पठाईदिएको खबर आदान प्रदान हुन्छ, हिसाब किताब को बेली बिस्तार हुन्छ, त्यो पैसा ले पनि तिर्न नभ्याएका हिसाब हरु अर्को सेलरी का लागी पेन्डिंग राखिन्छ र कुरा टुंग्याउछ।

लौ जा..! खाना त पका'कै छैन, यसो सोच्छ !!

पैसा निकाल्ने र पठाउने लाइन मा बस्दा तिन चार घन्टा त बित्यो, अब भ्याईदैन पकाउन।


नजिकै को दोकानमा जान्छ, एउटा खबुस र दहि ल्याउछ, खान्छ र भोली ड्युटी मा के खाने होला सोच्दै...... निदाउछ !!!


यसै गरी अर्को महिना आउछ जान्छ, यसै दोहोरिन्छ ....बर्ष बित्छ दशक जान्छ, अलिअलि सेलरी बढ्छ, अनि हुर्किएका केटाकेटी जस्तै आवश्यकता हरु बढ्दै जान्छन अनि उ यसै चालीस कटेसी रमाउने कल्पनामा फस्दै जान्छ ..!!



May 30, 2016

मेरो परिवार, मेरो परिचय..

Manik Gaire Family

सबैका जस्तै सायद

मेरो बाबा : कहिल्यै छोराले मरि मरि कमाओस र सम्पत्ति थुपारोस अनि त्यहि थुप्रो माथी बसेर छाती पिट्न पाउने चाहना राख्नु भएन, जति सकेको गर्दैछ दुखै गर्दैछ भन्ने बुझ्नु भो। त्यो आत्मिक भावनाले #धकेल्यो मलाई।

आमा मेरी : असहज थियो सबै, चाहिए जति पुगेकै थिएन। पुगेको जति आएकै थिएन, त्यो कठिन ब्यवस्थापनमा पनि कमाउने मैले कहिल्यै पुराउनु परेन, मैले टक्टकाएको खल्तिलाई नै लाख मान्दै प्रशस्तिको भान देखाउनु भो, आफै चल्नु भो अनि सबै चलाउनु भो। त्यो प्रेमले #सम्हाल्यो मलाई।

मेरी पत्नी : पहिलो दिनमै रहरहरु को मुख मा टालो हालीदिएको थिए मैले ( उसलाई थाहा छ, मलाई सम्झना छ ) तैपनि आफ्नो हिस्सा नखोजी, आधा अधिकार नमागी सिमीत आबस्यकता हरुमा परिवारले दिएको छाक खाएर, झुम्रो लाएर सबै रहर हरु मेटिएकै हेर्दै हेर्दै मेरो पति परमेश्वर भन्दै परमेश्वरले कहिल्यै गल्ति गर्दैन भन्ने उसको भरोसाले माथी #चढायो मलाई।

पुत्रि मेरी : भगवानले दिएको सबैभन्दा सुन्दर उपहार हो उ।  त्यो उपहारको बारेमा धेरै बोलीसक्या छु। त्यहि आत्मज्ञान र समर्पणले,  जिम्मेवारीबोध ले #साथसाथ दियो मलाई।

प्यारा भाईहरु :  मलाई सधै ठुलै मानेर आफु बच्चै रहन खोज्ने, सबै छर्ल़ंगै हुदा पनि देख्ने तर नबुझ्ने अबुझ भएनि केटाकेटीलाई जस्तै बुझाए पछि आफ्नो गल्ति महसुस गरि प्रायश्चित गर्न तयार हुने अनि चुपचाप सिमीतता मै आधुनिकता बनाउने  कला र रमाउने ब्यहोरा ले #सुधार्यो मलाई।

दिदी एउटी : भाईका सबै पाईलाहरु मा सकारात्मक धारणा राख्दै, दाईलाई दिने स्थान प्रदान गरेर अ...हो ! अ...हो ! भन्दै गरिएको समर्थन, बिश्वास र प्रेरणाले #जगायो मलाई।

अनि म : यी सबै माया प्रेम, बिस्वास भरोसा, समर्थन र प्रेरणाले बनेको हुँ म / बनाईएको हुँ म। म म होईन त्यहि परिवारको सदस्य हुँ। मेरा सबै खुसी त्यहि हासियोस र सबै ऑशु त्यहि पोखियोस, मिठो नमिठो बॉडिचुडी। यो चाहना र मेरो आत्मसन्तुष्टिले खुशी खुशी #हिडायो मलाई।

धन्य छु भगवान प्रति, जननी र जन्मदाता प्रति। सधै यहि हास्न पाऊ, यस्तै खुशी बाच्न पाऊ....!

Mar 19, 2016

Manushi Gaire

Manushi Gaire,
Born on 21th July 2014, Devdaha, Rupandehi, Nepal. As a daughter loving Father Mani and caring Mother Binu in a beautiful Gaire family. Her Name was created by his father taking His names first two latter and her mothers last two, Ma+Nu+Shi(added beauty only).She Has another cute nickname BiNisha".
Manushi Gaire is not just born as a ordinary girl, but she was living in a dream and imagination of her father since long time. As a blessing from god she arrived in real life with some beautiful hidden secret. Some more will be added soon.......!!!

Dec 22, 2015

Anniversary

आजबाट हाम्रो सहयात्रा चौथों बर्षमा प्रवेश गर्यो, बितेका सम्पुर्ण सुखद समयहरुका लागी उसको समर्पण, त्याग र विश्वास मुख्य आधार बन्यो।आत्मीक प्रेम, भरोसा र सहकार्य मैले पनि गरे। मानुषीको आगमनले खुशीको अर्थलाई फराकिलो बनायो...! यो अविरल प्रेम र अटुट सम्वन्धको कारण ऊ,म र मानुषी मात्रै थिएनौं, पारिवारीक माया, संस्कार, असल अभिभाकत्व, मार्गदर्शन र भातृत्व भाव पनि महत्वपुर्ण रह्यो!!.. अनि आफन्तको आशीर्वाद र मित्रजनहरुको सहयोग, सद्भाव र सुभेक्षा पनि सम्झन मन लाग्यो !  यो क्रम, उपक्रम सधै रहोस..अझै बढोस्।
मेरी उनीलाई पवित्र प्रेमको प्रण !

र सबैलाई धेरैधेरै धन्यवाद :)


Dec 21, 2015

डा. योगी विकाशानन्दको निरोगी बन्ने स्वास्थ्य सूत्र


अहिले मानवजातिका धेरै ठूला–ठूला चुनौती र चिन्तामध्ये एक हो– स्वास्थ्य । स्वास्थ्यमा शारीरिक र मानसिक दुवै पर्ने नै भए । आजको २१औँ शताब्दीमा मानिसले विज्ञान र प्रविधिमा धेरै नै विकास गरेको छ, जसलाई चरम विकास भन्दा पनि अत्युक्ति हुँदैन । अहिलेको विज्ञान र प्रविधि कम्प्युटर, नेट, जेट जम्मैलाई हेर्दा मान्छे चरम विकासमै पुगेको छर्लंग हुन्छ । तर, स्वास्थ्यका मामिलामा भने मान्छे पछाडि परिरहेको छ ।
अमेरिकाजस्तो विकसित देश, विद्वान र वैज्ञानिक उत्पादन गर्ने देश, सबैभन्दा बढी नोबेललगायत विश्वचर्चित पुरस्कार जित्ने देश, लोकतन्त्रको पनि हिमायती भनेर चिनिने देशमा पनि १७ प्रतिशत मात्रै स्वस्थ भन्न योग्य नागरिक रहेको रिसर्चले देखायो । बाँकी ८३ प्रतिशत मानिसलाई मानसिक, शारीरिक कुनै न कुनै रोग रहेछ । यो तीन–चार वर्षअघिको तथ्यांक हो, मैले कुनै पुस्तक–प्रतिवेदनमा पढेको ।
यसले के देखाउँछ त भन्नाले विज्ञान र प्रविधिमा मान्छेले जति विकास गरे पनि, भौतिक विकासमा जति फड्को मारे पनि, मान्छेको स्वास्थ्य एउटा चुनौतीपूर्ण कुरा रहेछ । खान त विकसित देशका मान्छेले जति गरिब देशकाले खाँदैनन्, त्यही खाँदाखाँदा त रोगी भइन्छ । उनीहरूले जति सुविधा भोग पनि अविकसित देशले गर्ने कुरै भएन । तर, सुविधा जति भोग्यो, त्यति नै शारीरिक र मानसिक रुपमा स्वास्थ्य खस्कँदो रहेछ भन्ने प्रमाण उनीहरू नै हुन् । त्यसैले एकोहोरो विकास अर्थात् भौतिक विकास मात्रै पनि मान्छेको स्वास्थ्यका दृष्टिले त्यति कामको देखिएन । जसरी माक्र्सवादीहरू, भौतिकवादीहरू, भौतिक विकास नै जीवनको पूर्णता भन्ने ठान्छन्, होइन रहेछ । यो कुरा अहिले अमेरिकालाई हेर्दा हामी प्रस्ट हुन्छौँ ।
व्यायामको सामान किन्न पाइन्छ तर व्यायाम पाइँदैन
स्वास्थ्य भनेको व्यक्ति आफैँले उत्तरदायित्व नलिई नहुने कुरा पर्यो । नागरिकको स्वास्थ्य जोगाउन राष्ट्रले सुविधा दिएर मात्रै हुँदैन, व्यक्ति आफैँले उत्तरदायित्व वहन गर्नुपर्छ । राष्ट्र धनी भयो भने घर–आवास, खानालगायत आधारभूत सुविधा त दिन सक्छ, तर व्यक्ति अल्छी भइदियो भने राष्ट्रको सहयोगले मात्रै केही हुँदैन । किन भन्नाले राष्ट्रले घाँटीमा समाएर व्यायाम गराउँदैन, आफैँले गर्नुपर्छ । स्वस्थकर खाना खानालाई बाध्य बनाउन पनि सक्दैन । भनाइको मतलब, के खाँदा, के गर्दा म स्वस्थ हुन्छु, के खाँदा के गर्दा म रोगी हुन्छु, त्यो त मैले जिम्मा लिनुपर्यो ।
स्वास्थ्यको कुरा गर्दा चारवटा कुरा आउँछन्– खाना, वातावरण, व्यायाम र स्ट्रेस अर्थात तनाव ।
रोगको मूल कारण तनाव
अहिले स्वास्थ्य वैज्ञानिकहरूले पत्ता लगाएका, नामकरण गरेका रोगहरूको संख्या एक हजार नाघिसकेको छ । तर, हामी १०–१५ वटाभन्दा बढी रोगबारे जानकार छैनौँ । वैज्ञानिकले नामकरण गरेका जो हजार संख्याका रोग छन्, यी सम्पूर्ण साध्य, असाध्य रोग लाग्नुपछाडिको प्रमुख कारण के हो त ? न्युट्रिसन अर्थात् पोषणको अभाव हो ? हुन त यो पनि हो, खानपान नमिले पनि रोग लाग्छ । तर, यो मात्रै सम्पूर्ण कारण होइन । के स्यानिटेसन अर्थात् स्वच्छताको अभाव हो ? हामीलाई त सिकाइएको छ कि फोहोर भयो भने रोग लाग्छ ।
त्यसो भए अमेरिका, युरोपमा कहाँबाट रोग आयो ? उनीहरू जति स्यानिटेसनमा ध्यान दिने को होला ? भनाइको मतलब, खानपान राम्रो भएर, सरसफाइ भएर मात्रै पनि स्वस्थ भइने होइन रैछ । अब व्यक्ति स्वस्थ कसरी हुन्छ त ? के कारणले रोग आउँछ त ? यसमा अहिलेसम्म साइन्सले भन्न सकेको फाइनल कज अर्थात् अन्तिम कारण यो हो कि स्ट्रेस अर्थात् तनाव । विज्ञानका अनुसार तनाव नै सबै रोगको मूल कारण हो । चाहे रुघाखोकी होस्, क्यान्सर नै किन नहोस् । कोल्ड टु क्यान्सर । यद्यपि तनावले डाइरेक्ट क्यान्सरसम्म त पुर्याउँदैन । तर, क्यान्सर गराउन भूमिका खेलिदिन्छ । एकजना मानिस धेरै स्ट्रेसमा गएर क्यान्सर ट्याक्क चाहिँ लाग्दैन । तर, धेरै वर्षसम्म तनावमा बाँच्यो भने बिस्तारै इम्युन सिस्टम (रोग प्रतिरोधात्मक शक्ति) खस्कँदै जान्छ । इम्युन सिस्टम सोलो हुँदै गएपछि क्यान्सरसम्बन्धी सेल विकास हुन सजिलो हुन्छ ।
तनावले के के असर गर्छ ?
तनावले प्रत्यक्ष असर पार्ने त मस्तिष्कलाई नै हो । रिस उठ्छ, निद्रा लाग्दैन, खाना पच्दैन, खान मन लाग्दैन, यस्तै प्रत्यक्ष असर देखिन्छ । तर, अप्रत्यक्ष भने स्ट्रेसले इम्युन सिस्टम र सेल्फ रिपेइरिङ सिस्टमलाई असर गर्छ । हाम्रो शरीरमा सेल्फ रिपेइरिङ सिस्टम (स्वयं मर्मत प्रणाली) हुन्छ । जस्तो, हामीलाई घाउचोट लाग्यो भने बिस्तारै पुरिँदै जान्छ । हाम्रो हाड भाँचियो, डाक्टरकहाँ जान्छौँ, डाक्टरले भाँचिएको हाडलाई मिलाएर बाँधिदिन्छन् । प्लास्टर, ब्यान्डेज गरिदिन्छन् । यसमा हड्डी सिउने, टाँका लगाउने होइन । तर, कच्याककुचुक भाँचिएको हड्डी पनि यसरी जोडिन्छ । यसरी जोडिने काम आफैँ हुन्छ, यसलाई सेल्फ रिपेइरिङ सिस्टम भनिन्छ । डाक्टरले भाँचिएको हड्डीलाई मिलाएर जोडेर नहल्लने बनाउने हुन् । अनि, हड्डीका नयाँ सेलहरू आफैँ बन्दै जान्छन् र जोडिन्छ । तर, हल्यो भने समस्या हुन्छ । भनाइको मतलब, शरीरमा रोगसँग लड्ने क्षमता, घाउ–चोट लाग्दा मर्मत हुने प्रणाली पहिले नै छ । तर, यो दुई प्रणालीमा जब समस्या उत्पन्न हुन्छ, जब रोग लाग्छ ।
कसरी शरीर सेना नभएको देशजस्तै हुन्छ ?
पछिल्लो समय संसारभरि नै बढी हल्ला भयो, भइरहेछ, एडसबारे । एडस आफैँमा रोग होइन । एआइडिएस एडसको फुलफर्म हो, एक्वायर्ड इम्युन डेफिसिएन्सी सिन्ड्रोम । यो भनेको इम्युन सिस्टमको डिफिसिएन्सी अर्थात् इम्युन सिस्टम कमजोर हुनु ।
शरीरमा इम्युन सिस्टम कमजोर हुँदै गयो भने अवस्था नाजुक हुन्छ । इम्युन सिस्टममा मुख्य भूमिका खेल्ने ह्वाइट ब्लड सेल्सले हो, त्यो ह्वाइट ब्लड सेलको लेबल निकै तल्लो स्तरमा गयो भने बाहिरबाट आएका कीटाणु, भाइरस, ब्याक्टेरिया आदिलाई खान सक्दैन, त्यसलाई सफा गर्न सक्दैन । नसकेपछि भाइरस, ब्याक्टेरिया लगायतले आफ्नो सन्तान बढाउँछन् र हाम्रो शरीर कमजोर हुँदै जाने हो । यसकारण एडसबाट मान्छे मर्दैन । तर, एडस लागेको मान्छे ज्वरो, रुघाखोकी, पखाला, घाउ–खटिरा आदिले मर्न सक्छ ।
किनकि एडस भनेको इम्युन सिस्टम डाउन हो, इम्युन सिस्टम पूर्ण रूपमा कमजोर भयो भने सानो घाउचोट, कमसल ब्याक्टेरियाले पनि सिध्याउँछ । किनकि भाइरल, ब्याक्टेरियल इन्फेक्सन भयो कि, त्योसँग लड्ने क्षमता शरीरले गुमाइसकेको हुन्छ ।
इम्युन सिस्टम कमजोर हुनु भनेको आर्मी नभएको देशजस्तै शरीर हुनु हो । आर्मी नै नभएको देशलाई त कुनै पनि देशले हमला गरेर जित्न सक्छ । शरीरको आर्मी भनेको इम्युन सेल हुन्, यिनको मात्रा कम हुँदै जाँदा जुनसुकै रोग लाग्न सक्छ ।
कहिले घट्छ इम्युन सेलको मात्रा ?
अब प्रश्न के उठ्छ भने, इम्युन सेलको मात्रा कहिले घट्छ त ? जब हामी स्ट्रेसमा हुन्छौँ, तब इम्युन सेलको मात्रा कम हुन्छ ।
वैज्ञानिकहरूले दुई किसिमका स्ट्रेस व्याख्या गरेका छन्— इयुस्ट्रेस र डिस्ट्रेस । नेपालीमा सुतनाव र कुतनाव पनि भन्न सकियो । अलिअलि तनाव भएन भने पनि मान्छेले काम गर्न सक्दैन । कमाउनैपर्छ भन्ने लागेन अथवा बाउको सम्पत्ति छँदै छ भन्ने लाग्यो भने मान्छेले कामै गर्दैन । नगर्नुको कारण उसलाई गर्नैपर्ने दबाब, तनाव छैन । पढ्नैपर्छ भनेर आफैँले दबाब महसुस गरेन भने मान्छेले पढ्दैन ।
अलिअलि पनि दबाब, तनाव भएन भने मान्छेले काम गर्दैन । त्यसकारण अलिअलि तनाव सबैसँग हुनुपर्छ, यसलाई इयुस्ट्रेस भनिन्छ ।
यही अलिअलि तनाव एक्स्ट्रिम्ली बढ्यो भने त्यो डिस्ट्रेस बन्छ । प्रकृतिको गज्जबको खेल के छ भने अलिअलि तनावमा इम्युन सिस्टम बलियो हुने, धेरै तनावमा इम्युन सिस्टम बिग्रने । थोरै तनाव वरदान भइदिने, धेरै तनाव अभिशाप भइदिने । तर, संसारमा मान्छेको समस्या के भइदियो भन्नाले ऊ २४सै घन्टा तनावमा पर्ने । किन त भन्नाले कामको बोझ त उसका लागि क्षणिक नै हुन्छ, तर, उसले सोच्छ, तुलना गर्छ— मसँग यो छ, यो छैन, तर अरुको छ । मेरा साथीहरू कहाँ पुगिसके, म कहाँ छु । उसको माइन्ड वर्तमानबाट भागेर भविष्यतिर गइरहेको हुन्छ । भविष्यतिर माइन्ड जाँदासाथ तनावबाहेक केही हुँदैन । किनकि ऊ खुसी हुनै सक्दैन । खुसी हुनलाई त जे छ, त्यसमै चित्त बुझाउनुपर्यो । चित्त नबुझेपछि तनाव सुरु हुन्छ ।
त्यस्तै, माइन्ड पास्टमा जान सक्छ— यो भएन, त्यो भएन, यो भएको भए हुन्थ्यो, त्यो भएको भए हुन्थ्यो । फिलोसफिकल्ली भनिन्छ कि हामीसँग एक दिन मात्रै छ, जीवन भनेको एक दिन हो । हिजोको दिन गइसक्यो, भोलिको दिन आको छैन, जिन्दगी बाँच्ने त आज मात्रै हो । अनि ऊ आजै हाँस्न बिर्सिन्छ भने सकियो । यहाँनेर मैले हाँसो यसकारण जोडेँ कि, हाँसो भनेको नेचुरल स्ट्रेस फाइटर हो । हाँस्नु भनेको हाहाहा गर्नु मात्रै हैन, खुसीको अभिव्यक्ति पनि हुनुपर्यो । हाँस्नु अर्थात् खुसी हुनासाथ उसको इम्युन सेल तत्काल बढ्छ ।
हाँस्दा र रुँदा पनि फाइदा
तपाईंले डरलाग्दो, खराब फिल्म हेर्नुस्, हेर्नुअघि शरीरमा जति इम्युन सेल थियो, त्यसमा कमी आउँछ । यदि राम्रो फिल्म हेर्नुभयो, कसैले कसैलाई सहयोग गरेको, साँचो प्रेम गरेको, यस्ता सकारात्मक मानवीय संवेदना जगाउने, हँसाउने–रुवाउने फिल्म हेर्नुभयो भने इम्युन सेल बढ्छ । इम्युन सिस्टम भनेको माइन्डको नेगेटिभ र पोजिटिभ पाटोसँग जोडिएको कुरा हो । माइन्ड नेगेटिभ हुँदा इम्युन सिस्टम डाउन हुन्छ । माइन्ड पोजिटिभ हुँदा इम्युन सिस्टम बलियो हुन्छ । यसरी हेर्दा जति पनि रोग छन्, ती सबै रोगलाई हामीले निम्त्याएका हौँ । कसरी निम्त्यायौँ त भन्नाले हामी स्टे«समा आयौँ । यो स्ट्रेस बिल्डअफ हुँदा–हुँदा यस्तो अवस्था आउँछ कि स्ट्रेसमा रहनु नै हाम्रो स्वभाव बन्छ । जहिले पनि रिसाइरहने, सानो–सानो कुरामा किचकिच गरिरहने, कुरै नबुझ्ने, झगडा मात्रै गरिरहेन पनि मानिसको बानी बनिदिन्छ, यो भनेको तनावमै बाँच्ने बानी हो । यही स्ट्रेसकै कारण आज विकसित देशमा पनि मानिसहरू खुसी हुन सकेका छैनन् र रोगी छन् ।
रोगबाट कसरी बँच्ने ?
रोगबाट बँच्न स्ट्रेसबाट बँच्यौँ, कुरा स्पष्ट छ । स्ट्रेसबाट बँच्नका लागि हामीले दुई–चारवटा कुरा गर्नुपर्छ, गर्न सकिन्छ । पहिलो कुरा त, बिहान उठ्नासाथ शारीरिक व्यायाम अनिवार्य गर्नुपर्छ । मानिसको शरीरको प्रकृति रुखको जस्तो होइन । रुखको प्रकृति एक ठाउँबाट अर्को ठाउँमा नसर्ने हुन्छ । रुख चल्यो कि सकिन्छ, तर मान्छे नचली बस्यो भने सकिन्छ । त्यसकारण मान्छेको धर्म के हो भने, हरेक दिन कमसे कम २० मिनेट वा आधा घन्टा पसिना निस्कने गरी योगलगायत कुनै पनि व्यायाम गर्नुपर्छ । यसो गरियो भने हाम्रो इम्युन सिस्टम बलियो हुन्छ । व्यायाम गर्दा एन्डोर्फिन्स भन्ने पोजिटिभ हर्मोन निस्कन्छ । पोजिटिभ हर्मोनले खुसी बनाउँछ । खुसी महसुस भएपछि इम्युन सिस्टम बढ्छ । इम्युन सिस्टम बढेपछि बाहिरका ब्याक्टेरिया, भाइरस आदि भाग्छन् । यदि स्वस्थ हुनु छ, व्यायाम गर्नैपर्छ । व्यायामको सामान त किन्न सकिन्छ, तर व्यायाम नै किन्न मिल्दैन, यो आफैँले गर्नैैपर्छ ।
खानपान
नेपालीहरूको खाना संसारमा थोत्रोझुत्रो खानामध्येमै पर्छ । खानामा पाँच तत्त्व हुन्छन्— कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन्स, मिनिरल्स । कार्बोहाइड्रेटको काम इनर्जी दिने । प्रोटिनको काम शरीरलाई विकसित गर्ने र यसले ब्रेनको फंकसनको काम पनि गर्छ । फ्याटको काम शरीरलाई ऊर्जा दिने । रह्यो भिटामिन्स र मिनिरल्स, यी दुवैको एउटै काम हो, रोगसँग लड्ने क्षमताको विकास गरिराख्ने । यसलाई प्रोटेक्टिभ फुड पनि भनिन्छ ।
सर्वोश्रेष्ठ कार्बोहाइड्रेट भनेको जौ हो । तर, हामी नेपालीले जौ मरेपछि मात्रै पाउँछौँ, श्राद्धमा । बाँचुन्जेल त खाँदै खाँदैनौँ । जौलाई श्राद्धमा प्रयोग गर्नुको सिम्बोल हो, जौ खास चिज हो । जौ महँगो चिज पनि होइन, गहुँजस्तै हो, चामलभन्दा सस्तै हो, तर हामीलाई खाँदैनौँ । संसारमा सबैभन्दा बढी युरोपियनहरूले जौको उपयोग गर्दै आए, त्यसैले पनि यिनीहरूको विकास भएको छ । उनीहरूले ओटमिल भनेर ब्रेकफास्टमा जौ अनिवार्य खान्छन् । पछि वैज्ञानिकहरूले रिसर्चबाट के पाए भने जौ भनेको ब्रेनका लागि सबैभन्दा फ्रेन्डली फुड हो । किनकि यसले ब्रेनका सेल्सलाई ड्यामेज हुन दिँदैन । केही रिसर्चले त जौ डिप्रेसनको पनि औषधि हुन सक्ने देखाएको छ ।
भारत र चीन हाम्रा छिमेकीको खानालाई हेरौँ । चाइनाले चाउचाउ खान्छ, इन्डियाले रोटी खान्छ । तर, हामी नेपाली भाते पर्यौँ, खालि भात मात्रै खान्छौँ । पहाडी गाउँतिर मकै पनि खान्छौँ । मकैको काम शरीरलाई बल दिनु हो । भातमा पनि हामीले ह्वाइट राइस खान्छौँ, ब्राउन राइस खाको भए राम्रो हुन्थ्यो । ह्वाइटमा पोइजन हुन्छ, यो डाइबिटिज भएपछि मात्रै थाहा हुन्छ । डाक्टरको जाँदा तपाईंले सेतो चामल खानुभएन उसुनेको चामल खानु भन्छ । पहिले नै उसुनेको चामल खाएको भए, डाइबिटिज हुने सम्भावना कम हुन्थ्यो ।
काठमाडौंवासीलाई भन्दा तराईवासीलाई डाइबिटिज कम हुन्छ । किनभने तराईका मानिसले उसुनेको चामल खान्छन् । तराईवासीको संस्कृति नै उसुनेको चामल खाने छ । अर्को कुरा भात खानेभन्दा गहुँको परिकार खाने मानिस धेरै शक्तिशाली देखिए । चाइनामा चाउचाउ गहुँबाट बन्छ, इन्डियामा रोटी पनि गहुँबाटै बन्छ । सभ्यता र विकास हाम्रोभन्दा उनीहरूकै माथि छ । तर, हामी अविकसित छौँ, किनकि हामी भात खान्छौँ । भातमा भिटामिन ईको मात्रा कम हुन्छ वा हुँदै हुँदैन । भिटामिन ई प्रचुर मात्रामा गहुँमा हुन्छ । भिटामिन ईले इनर्जी दिन्छ । यसले टेस्टोटेरोनजस्तो हर्मोन बनाउने काम गर्छ । जुन चाहिँ सेक्स हर्मोन पनि हो । भन्न खोजेको, गहुँ खानेहरूमा भात खानेमा भन्दा बढी ऊर्जा हुन्छ । अहिले पनि काठमाडौंमा घर बनाउनुपर्यो भने पहाडीभन्दा मधेसी कामदार खोजिन्छ, छिटो–छरितो काम गर्छन् भनेर । किनभने, पहाडीले खाने भात मधेसीले खाने रोटी । के देखिन्छ भने, चामल खाने मान्छेभन्दा गहुँ खाने ऊर्जावान, गहुँ खानेभन्दा जौ खाने ऊर्जावान् । यसकारण नेपालमा क्रान्ति ल्याउनु छ भने भोजन क्रान्ति आवश्यक छ । हामीले ह्वाइट चामलको ठाउँमा ब्राउन चामल खानुपर्यो, साँझको खानामा भातै नखाएर गहुँको परिकार खानुपर्यो । नेपालीले खानामा क्रान्ति ल्याउन सकेनन् भने, यही चाल रहिरहन्छ । किनभने बुद्धि बन्ने, बल बन्ने खानाबाटै हो । यही थोत्रो भएपछि के बाँकी रह्यो र ? हामी चीन र भारतभन्दा पछाडि पर्नुको धेरै कारणमध्ये एक खाना पनि हो । माथि कार्बोहाइड्रेटको कुरा आयो ।
अब प्रोटिनको कुरा गर्यौँ । प्रोटिनका लागि प्रायः क्षत्री–बाहुन खसहरूले खसी खान्छन् । अन्यले सुँगुर–बँगुर, राँगालगायत आ–आफ्नो जाति, संस्कृतिअनुसार खान्छन् । यी जम्मै चारखुट्टेजति रेड–मिटमा पर्छन् । रेडमिटले केही रोग हुर्काउने सम्भावना हुन्छ । यसले कोलेस्टेरोल बढाउँछ र ब्लडप्रेसर बढाउँछ । मुटुको रोग ल्याउने सम्भावना बढ्छ । युरिक एसिड बढ्छ, जोर्नी दुख्न थाल्छ । पक्षघात र खासगरी पोलेका मासुले क्यान्सर पनि ल्याउने सम्भावना हुन्छ । हामीले नेपालीले प्रायः खाने रेडमिट नै हो । योभन्दा राम्रो त माछा हो । अहिलेसम्म मानव सभ्यताको सुरुवात कुनै न कुनै नदीको किनारबाट भएको पाइन्छ । किनभने, नदीको किनारमा बस्ने थालेपछि मान्छेले माछा खान थाले । नाइल नदी, ह्वांगो नदी, सिन्धु घाँटीलगायत सभ्यतालाई हेर्न सकिन्छ । नदी किनारको मानिसको विशेष खाना स्वाभाविक रुपमा माछा नै हुने भयो, ऊ जमानामा, जतिबेला अन्य उत्पादन अवधारणा कम थियो । माछा खाइसकेपछि उनीहरूले उनीहरूले सभ्यता छिटो विकास गरे । किनभने, माछामा पाइने तेल ओमेगा–थ्री मान्छेको बे्रनसँग मिल्छ । ओमेगा–थ्री ब्रेन फेन्ड्ली भएको हुँदा माछा खाने मान्छे छिटो बुद्धिमान हुँदै आए । ओमेगा–थ्री भएपछि ब्रेन ड्यामेज हुन पाउँदैन । हाम्रोमा मटनभन्दा माछा सस्तो छ । फेरि पनि हामीले माछा खाँदैनौँ । बरु आफूलाई सिध्याउने चिजलाई हामीले पैसा धेरै खर्च गरेर खान्छौँ ।
फ्याटको कुरा गरौँ । हामीले वर्षौंदेखि खाएर आएको तेल तोरीको हो । हाम्रो धर्म–संस्कृतिअनुसार पनि यो तोरीको तेल भगवानलाई पनि चल्दैन । हामीले पहिलेदेखि नै भगवानका लागि तिलको तेल चलाउँदै आएका छौँ । वैज्ञानिकहरूले पनि तोरीभन्दा तिल राम्रो हुनुको कारण पत्ता लगाइसकेका छन् । तोरी अमेरिकामा ब्यान्ड छ । यसमा लिनोलिक एसिड, युरिसिक एसिड भेटिएकाले अमेरिकनहरूले यसलाई ब्यान्ड गरे । लिनोलिक एसिडले त शरीरलाई राम्रो गर्छ । तर, युरिसिक एसिडले शरीरलाई बिर्गाछ । तोरीमा बिगार्ने तत्त्व पनि छ र सम्हाल्ने तत्त्व पनि छ । भनेपछि यो न्युट्रोल तेल भयो । तेल खाने हो भने किन न्युट्रोल खाने ? यसैले तोरीको तेल अमेरिकामा ब्यान्ड छ, यो तीन–चार वर्षअघिको कुनै रिपोर्टमा मैले पढेको कुरा हो, अहिले के छ, थाहा भएन ।
ब्रेन फ्रेन्ड्ली तेल भनेको ओमेगा–थ्री नै हो । नेपालको कुरा गर्दा आलसको तेलमा ओमेगा–थ्री पाइन्छ । आलस त हामी खाँदै खाँदैनौँ, बरु बेच्छौँ । आलसलाई फ्याक्सिड भनिन्छ । यही फ्याक्सिडको तेल अमेरिकाबाट ओमेगा–थ्री क्याप्सुल भएर आउँछ, महँगो पर्छ । मैले पनि यो क्याप्सुल खाएको छु, पछि मात्रै थाहा भयो यो त फ्याक्सिड रहेछ । हाम्रोमा आलसको तेल सस्तै छ, क्याप्सुलको तुलनामा, तर हामी खाँदैनौँ ।
अब रह्यो फलफूल, सलाद । हामी फलफूल कहिलेकाहीँ खान्छौँ, त्यति प्राथमिकता दिएर खाँदैनौँ । ग्रिन सलाद त हामी खाँदै खाँदैनौँ । यो त हाम्रो खानामै पर्दैन । फलफूल र ग्रिन सलाद झिक्दासाथ शरीरमा भिटामिन्स र मिनिरल्स कम हुन्छ, जसकारण रोग लाग्छ ।
व्यायाम र भोजन यी दुई कुरालाई नसुधारीकन हामी स्वस्थ बन्न सक्दैनौँ । अनि, निद्रा पुगेन भने पनि रोग हुर्किन्छ । वैज्ञानिकहरूले के भनेका छन् भने कम्तीमा ६ घन्टादेखि आठ घन्टा सुत्नुपर्छ । निद्रा पुगेन भने मानिस बिरामी पर्छ । निद्रा पुग्यो भने ब्रेन पनि पावरफुल हुन्छ ।
आशावादी भइरहनुपर्छ
र अन्तिम कुरा पोजिटिभ एटिच्युड । हरेक कुरामा आशावादी हुनुपर्छ । यो बिग्रो, त्यो बिग्रो भनेर तनावमा आउनुहुँदैन । बिग्रेपछि बन्ने चिज पनि हुन्छन् । बिग्रेकै चिजलाई पनि सदुपयोग गर्न सकिन्छ । अहिले खत्तम भइरहेको छ भने कुनै बेला उत्तम हुनेछ । किनभने, खत्तमले उत्तमको महत्त्व बुझाउँछ र सिकाउँछ । त्यसकारण हरेक कुरामा सकारात्मक बन्नुपर्छ ।
आज रोगको मूल कारण स्ट्रेस र स्ट्रेस आउने चार कुरा बताएँ । खानपानको कमजोरी, व्यायामको अभाव, निद्राको अभाव र नेगेटिभ थिङ्किङ । यी चार कुरालाई करेक्सन गर्यो भने मानिस स्वस्थ हुन्छ ।
ह्याप्पिनेसले क्यान्सरजस्ता धेरै रोग निको बनाएको पाइएको छ, यसबारे हामी अर्को सेक्सनमा कुरा गर्छौं ।
डा. योगी विकासानन्दले रातोपाटीकर्मी ध्रुवसत्य परियारसँग स्वास्थ्यबारे कुराकानी गरेका हुन् ।


Dec 14, 2015

LovinG YoU EveryDaY

Beyond the day up to beyond this life,
with a wish to have u in every life and my living !
You only be my loving desire of my soul,
 i have words Coz, i have U
I feel Live Coz, i Love U
Loving you is not just be in a relationship my love,
its a most important reason of my heartBeat,
And Loving you is not just by saying it
but, a finding my true soulmate !
Loving you is not just to express my feelings
but, inspiring the world as well,,
Loving you is not just getting your care
but to have courage to say hate u in loneliness!
Actually loving you is a having this freedom from world and challenge every obstacle with a confidence of WIN !!
Loving you is just amazing,
Loving you is to feel your smile
Loving you is to see your comfort
Loving you is all about
Loving you is everything,
Loving you is having a meaningful life,
Loving you is U R always awesome,
Loving u is having no more choice,
No exception, only the perfection,
And loving you is to daring to say with the world,
Loving you is craziness
Loving you is what i am doing now,
This is me and my stupidity because,
Loving you is being true and blessed by god !!
Loving you is more than anything/everything
Loving you is living for ever and ever :)
Loving you is not getting anymore words (:
Loving you is beautiful today n everyday.
Loving you is infinity.... !!

बलि नपाएको ऊ !!

केही बर्ष देखी मेरो समीप थियो, मेरो नजिक थियो, मैले उसप्रति भावना पाउथें, उसले म संग आत्मीयता पाउथ्यो ।  
ऊ स्वादीष्ट बन्ने छ आज, केही मांसाहारी हरु वरीपरि वसेर तौल, मुल्य गरेका। कोही खोट को पछी लागेर मुल्य घटाउने ध्याउन्न मा, कोही घ्याकुलो हेरेर अजव-गजब बोल्दै, कोही दॉत तिखारी रहेका, कोही बिला पुग्छ की भनेर थुक निलिरहेका !! जन्मे पछी मर्नु निश्चित नै हो सबैको तर, त्यो निश्चयता लाई उस्को भाग्यमा बिलय गराउदै स्वाद पुर्ति गर्ने ध्यानमा लागेका। 
 म उसलाई माया गर्थे, उ पनि अवसर मिल्नासाथ लुटुपुटु हुन आउथ्यो म संगै।मैले उसको भावना बुझ्थे, अनि उ जानकार पनि थियो, त्यसैले त भरोसा गर्थ्यो म माथी ! कहिलेकाहीं सोच्थे उस्को गन्तव्य, नियती र उसलाई भन्ने गर्थे , उस्ले बुझ्थ्यो नाई कुन्नी, तर बुरूक्क उफ्रेर पर जान्थ्यो। मानौं उस्ले बुझ्यो र असहमति जनाउदै ठुस्कियो म संग !
 म संग केही आशा राखेको थियो होला उसले, किनकी उसको नजरमा म अलिक उसलाई बुझ्ने मा पर्थे, मेरो जिवन भोगाई पनि अलिक भिन्न थियो बली को विषयमा, उसलाई मेरो भोगाई त थाहा थिएन तैपनि सायद मेरो अनुभवको कारण उस प्रति मेरो व्यवहार अरुभन्दा प्रीय थियो । म साकाहारी हुँ, मलाई कुनै स्वाद को भोगी होईन त्यही कारण मलाई उसको जिवन महत्वपुर्ण छ , त्यसैले म बाट केही आशा राख्नु स्वभाबिक पनि थियो !! 
 समय पुगेको बोको लाई राख्यो भने गनाऊछ भन्ने को भीडमा मेरो केही चल्ने वाला थिएन। उसलाई त्यो कुनामा बाधिएको थियो, उ स्वतन्त्र छ भन्ने बनाईदिन १ मीटर लामो डोरी खोलिएको छ, अगाडी पराल र घास छरिएको छ, अनि उ पनि सबै तुनेलो बुझेर या नबुझेर घरि घरि एक दुईटा त्यान्द्रा टिप्थ्यो । पर अर्को कुनामा पानी तात्दै थियो...... 
 एकजना ले अगाडीबाट डोरी समायो र तान्यो, अर्को ले पछाडी खुट्टा समायो, अब चाही उ पक्का भएछ क्यारे म तर्फ हेरेर आवाज दियो, जिवन रक्षाको भीख माग्यो...! भक्षिहरु संग विवसतामा आशु बगाउदै, केही आश गरेजस्तो टुलुटुलु मलाई हेर्दै आशुँ झार्यो, तर  फेरी आवाज निकालेन । 
म हेरे मात्रै ऊसको आत्मा को शान्तीको कामना गरे मात्र। म केही गर्न सक्दिनथे, एक त म एक्लो थिए त्यहॉ भएका हरुलाई सम्झाउन सक्दिनथें अर्को म साकाहारी हुनुको कारण मेरो सम्बन्ध थिएन अनि त्यो छिमेकीको घरमा पालिएको कारण मेरो केही सिप चल्ने वाला पनि थिएन। 
अब समय भयो... अगाडी डोरी समाउने छ, पछाडी खुट्टा पकड्ने,हत्यारा ले पानी लियो र उसको टाउकोमा छर्कीदियो, त्यो पानीलाई उसले उछीट्टीने गरी टाउको हल्लायो। अनि सबैले त्यसैलाई अनुमतिको र स्वीकार्य हुनुको रुपमा लिए अनि एता उति हेरेर मार हान्ने तयार भयो, मैले टाउको उता फर्काए, एउटा भुक्क को आवाज आयो अनि सकियो ऊसको इहलीला !!! 
 मलाई थाहा थियो उसको नियती, उसले मर्नु नै पर्ने थियो, जिवन को सुरु पछि अन्त्य पनि निश्चित नै हो तै पनि उसको मरण अल्ली उपल्लो स्तरको होस् भन्ने म चाहन्थे, उसमा कुनै खोट थिएन त्यसैले कमसेकम कुनै भाकल मा परोस् र भगवान को नाममा मृत्यु पावोस भन्ने चाहन्थे म ! तर मरेको जन्तुलाई मासु मात्रै देख्ने ले के बुझुन मर्ने को र हत्या गर्नै नखोज्ने साकाहारी को भावना !!!! 
 मेरो घरको पाठो लाई चाहीं पुर्ण मृत्यु मिलोस् सोच्दै, त्यो मर्नेको नाममा गुन् गुनाए .... 
 पानी पर्नु पनि जीवन, घाम लाग्नु पनि जीवन, 
जस्तो भोग्यो उस्तै हुन्छ,खोजेजस्तो हुन्न जीवन, सोचे जस्तो हुन्न जिवन...!!! 
 (भिन्न अर्थ संगै कल्पनामा आधारीत छ, बास्तविकता संग मिलेमा संयोग मात्रै हुने छ । )

Nov 30, 2014

बिवश याचनाहरु......

मैले नै भनेको थिए तिमीलाई 
मान्छे लाई माया जती पनि गर्नु तर सबै नदेखाउनु किनकी मायामा फाईदा उठाउछ मान्छे ले, जसलाई बढी समय दियो उसैले तिरस्कार गर्छ यहाँ, अनी जस्को ख्याल गर्दा गर्दै आँफैलाई बिर्स्यो उसैले वास्ता गर्दैन यहाँ, 
तर मलाई थाहा थिएन म नै यस्तो भएर निस्कन्छु भनेर, खुब ठुला ठुला माया का कुर गरे तिमी सँग, महान सपना हरु देखाए तिमीलाई, कल्पना मै खुशी दिये जस्तो गरे तर तिम्रो मर्म बुझ्न सकिन, तिम्रा आवश्यकता हरु ठम्याउन सकिन, तिम्रा चाहना हरु महसुस गरिन, अनी तिमीलाई केही दिन सकिन, तिमीलाई एक्लो बनाउदै आँफैलाई दुरी मा राखे, 
प्रायश्चित गर्न पनि नसक्ने भएर थन्क्याइदिए आफुलाई। 

ढिलो गरेर तिमीलाई बुझ्न खोज्दा तिम्रा आँखा हरु भित्र का खोजाइ पत्ता लगाउदै छु, तिम्रो मनका भावना हरु महसुस गर्दै छु, तिम्रो मुस्कानले सजियका ओठ हरु भित्र लुकेका अनगन्ती तिमीले भन्न नसकेका आकङ्शा हरु पढेको छु मैले ,अनी मात्र देखेको छु !!अझै पनि यस्तै मिठा कुरा हरु गरेर तिमीलाई फुरुङ पार्नु बाहेक केही गर्न नसक्ने छु, बिर्सेंको छैन आफ्नो हैसियत , औकातलाई, अनी यही भुमरिमा आफुलाई जकडेर राखेको छु यसै गरी यस्तै गरी , 

तिम्रो मुस्कानमा मेरो खुशी छ भनेर तिमीलाई जबर्जस्ती खुशी हुनु पर्ने, मुस्काउनै पर्ने धरापमा पारेको छु, मक्ख पर्दै तिमी मुस्काउछौ अनी म तेही मुस्कान लिएर दुनियाँको सामु सिर ठाडो पारेर हिड्छु, मेरो स्वार्थ देख्दैनौ तिमी मात्र बाहिरी रुपमा सजायका सुन्दर शब्दहरु मा अल्झिन्छौ, निस्कनै सक्दैनौ अनी परोक्ष रुपमा तेसको फाईदा मैले उठाउछु, न तिमीलाई तिम्रोबुझाई बाट माथि उठ्न दिन्छु, न त मेरो फाईदा उठाउने प्रब्रितीलाई रोक्न नै सक्छु,,, 

यो स्वार्थपूर्ण यात्रामा अझै केही समय हिंड्नुछ मलाई, अझै केही ठग्नु छ तिमीलाई, अनी यो बाँकी रहेको छोटो यात्रा पार होस्,अनी तिम्रै खुशीका लागि मात्रा बच्ने छु म, हुनत अहिले पनि तेही भनेर टारे जस्तो गरेको छु, तिमी पनि खुशी व्याबहारिक बन्ने धुन मा टारिएकी नै छौ, तर त्योबेला सबै वास्तविक हुनेछन, प्रतक्ष रुपमा तिम्रो नजर को सामुन्ने हुनेछन, तिमीले बुझ्ने गरी अनी महसुस पनि गर्ने गरी, तिमी मात्र तिम्रो(तिमिले थाहा नपाएको) खुशी को लागि लड्ने छु, अगाडि बड्ने छु,,, 

तिमी निस्छल छौ, निस्कपट छौ तेसैले यो संसार लाई चिन्दैनौ, यहाँ दिनहु घट्ने घटनाहरु देख्दैनौ, मान्छे हरुका व्यबहार बुझ्दैनौ, तिमी जस्तो छौ उस्तै देख्छौ "अन्धो ले हात्ती लाई भित्तो जस्तो हुदो रहेछ" भने जस्तो,, यो सबै संसार हो अनी यसैबिच रुमाललिरहेको म एक प्राणी हु, तेसैले संसारले सिकाएको जस्ताइ छु म पनि, धेरै हेला गरेको छु तिमीलाई, अन्याय ले दबाएको छु तिमीलाई, एक्लोपनाले सताएको छु तिमीलाई, आशु बनेर रुवाएको छु तिमीलाई, अनी दु:ख बनेर दु:खाएको छु तिमीलाई,,,,, तिमीलाई प्रश्ट बनाउन खोजेको मात्र हुँ मैले, यो भ्रमको संसार चिनाउन खोजेको हुँ,जाल शड्यन्त्र बाट बचाउन खोजेको हुँ म दोशी छु उम्कन खोज्दिन, तिम्रो आँखा छल्नकै लागि पिठ पछाडिको बाटो पनि रोज्दिन, तिमीले जसरी मलाई माया गर्ने शाहश गरेकी छौ त्यही सक्ती आफुमा जगाउन भने पक्कै खोजेको हु, सक्छौ भने मलाई माफ गरिदेउ यो सबै दोशहरु को जिम्बेवारी लिएपछी पनि अझै लाग्दै छ कि, तिमीले एक्पटक अझै प्रयासचित गर्ने मौका दिएउ र मेरो सिफारिस तिम्रो मन र आत्मा सँग गरिदिएउ भने (स्वार्थ त अझै छ) मेरा यि यात्रा हरु सहज हुने थिए , जस्को गन्तब्य तिम्रो खुशी मा टुङगनेछ यो प्रण भो मेरो !! 
जीवन तिमीमा समर्पण भो मेरो !!

तिम्रो आगमनले यहाँ..."

       
मेरो सामु गर या मर को स्थिती थियो, धेरै यात्रा हरु गरेर थाकिसकेको थिए म। तिमी लाई त्यो परिस्थिती को अन्तिम गन्तब्य सोच्दै थियो मेरो मात्र दिमाग ले, केही सम्झौता हरु मन मनै गर्दै तिम्रो माइती घर को बाटोमा गूडीए म। मन मा अनेक तरह का बादल हरु मडारिएका थिए, आफ्नो भन्दा पनि अरु को लागि चालिएका पैला भएर होला शायद डग्मगाइने हो कि, गल्ती गरिने पो हो कि भन्ने डर ले मन आशान्त थियो।

तैपनी यथार्थ लाई त आत्मसात नै गर्नु थियो। 

तिम्रो आगन मा पुगे, म भन्दा पहिला पुग्ने हरु ले म प्रती हेरेको आशबदी नजर को अन्दाज गर्न मलाई गार्हो परेन। मेरो "म ,मेरो जिन्दगी र मेरै अन्तिम निर्णय" भन्ने सोचाइको शिकार भाईसकेर थाकेका अनुहार थिए ति !! 
" उनी हरु ले नै थपे _लौ चिया पिलाउनु पर्‍यो"भित्र बाट एकैछिन को प्रतिक्षाको आग्रह आयो। गान गुन का धुन हरु भित्र बाट आउदै कान मा ठोक्किदै थिए, खै मलाई पनि धड्कन को बेग बढीरहेको महसुस हुँदै थियो। अनी कता कता कसैको प्रतिक्षा गरेको महसुस हुँदै थियो। 

भित्र बाट कोही बाहिर आयो, सबै का नजर उतै भागे, सुन्सान छायो। अनी म पनि के भएछ र भन्ने जिज्ञासा मन मा उठाउदै उतै मोडिए,,, , ,,, अचानक डर लागे जस्तो भो, मन चस्के जस्तो भो, लाज लागे जस्तो भो, भित्र भित्रै आँफै मुस्कएको महसुस भो, पसिना छुट्न लागे शायद, जब आफुलाई सम्हाल्ने बारेमा सोच्दै थिए अनी ख्याल गरे कि केही पल अघिसम्मा उतै तिर रहेका नजर सबै, र थप्थाप मा भित्र बाट पनि केही नजर म मा पो परेका रहेछन, म के भए थाहा भएन, चिया पनि हात मा लिसकेछु पत्तै पाइन, एता उती हेरे कोही मुस्कानको पारामा सोद्धै छन, कोही आखिभौ खुच्याएर जिज्ञासा रख्दै छन, अनी अरु सबैले हेर्दैछन मात्र मलाई हेर्दैछन ,,, 


चिया पिएर नभ्याउदै एक्जना दाईले बोलाउनु भयो छुट्टै अनी सोध्नु भयो " कस्तो लाग्योकेटी"?,, लौ बर्बाद म सँग त्यो उत्तर नै थिएन। के गरु कसो गरु भो-अनी दिदी लाई सोधे कस्तो छ साच्ची ? "हेरेनौ र? मलाई त ठीक लाग्यो" दिदी ले यती भने पछी चिया ल्याउने मान्छे लाई सम्झिने कोशीस गरे' " मन्द मुस्कान, डर ले कापेको चियाको थाली र त्यो भन्दा पहिला को मधुर स्वर मा गरिएको "नमस्ते", त्यती मात्रै सम्झन सके, र दिदी को प्रतिकृया सँगै आट गरेर एक वाक्य बोले "कुर गर्छु नि !! 

अनी दाई ले भनी हाल्नु भो, लौ केटा केटी को लागि ठाउँ मिलाइदिनु पर्‍यो।भित्र बोलाइयो, म गए टिभी कोठामा , बसे अनी उनी आइन " बल्ल ढुक्क भएर हेरे कस्ती छ भनेर। म सँगै मिल्दो बर्ण , उचाइ ,ठुला ठुला अनुहार लाई सुहाउने आँखा, सबै मन पर्‍यो। 
"तिम्रो नाम के नि ? 
-बिनु 
कती भो उमेर 
-४९ साले 
अनी पढाई ?पहिलेइ थाहा त थ्यो।" 
-१२ मा छु। 
उ टिभी तिर फर्केकी हुनाले मैले।चाही उस्को बोलिको प्रत्यक ध्वनी देखी रहेको पनि थिए। उस्को बारेमा सबै सोधे अनी उस्ले केही सोध्न नसकेको आभस गरेर आफ्नो बारेमा पनि भनी दिए । उस्को बोलिमा रहेको नम्रता र मुस्कान को मिठास मेरो पहिलो रोजाइ बन्यो, विश्वाश गरे अनी भर पनि परे !! 


त्यो थियो तिम्रो र मेरो पहिलो भेट, म साकारात्मक भए पछी उता बाट निर्णय बुझ्न खोजियो "कुरा मिल्यो अरे ,बेलुका नै टिका लगाएर साइत जुरराइ हाल्ने गरी हामी बिदा भयौ । 

अनी बिभिन्न सोचाइ हरु मन म कुद्न थाले , जिबन भर को साथ को लागि मैले लियको निर्णय ले मलाई त अर्कै संसार मा लादै थियो भने परिवरिक हिसाब कहाँ पुग्नेहो, एउटा आफु प्रती को विश्वाश भित्र लुकेको शन्का लाई भित्रै दबाउदै जिन्दगी भरी कुनै मोड आए भने पनि नानीकाल्ने अठोट र सम्झौता आँफै सँग गरे' 
जिन्दगी का बहुमुल्य पल हरु सम्झौता मा नै गुमाएको भए पनि सम्झौता गर्नु पर्दा को वास्तविकता तेतिबेला मात्रै थाहा भयो 
आज १ बर्ष पुरा भएको छ, तिमी लाई भेटेको यस्बिच्मा मैले धेरै सिके अनी त्यो भन्दा धेरै तिमीलाई सिकाए , यदा कडा बुझाई मा परेका अप्ठ्यारा हरु बाहेक तिमी सँग कुनै त्यस्तो गुनासो भएनन, मेरो जुन विश्वाश मात्र तिमीसँग को ५ मिनेट को कुरा कानी म स्थापित गरेको थिए तिमीले तेस्लाई मल्जल गरिराखेउ, र डग्न दिएनौ, तेस्पछी सुरु भएको जीवन म पनि बहार हरु ल्याएउ, मेरो मार्गचित्र लाई हेरेर पाइला चालेउ,अनी मैले आँफै एउटा अजम्बरी माया को र अटुट साथ को महसुस गर्न सके !! 


तिमी आएउ जिबन मा मात्र त्यो तिमी मात्रै सोच्छौ, मैले सुन्दर संसार पाए त्योमैले सोछु, कती कुरा हरु तिमीले नदिएर पाए, कती खुशी हरु तिमीले थाहा नपाउदै महसुस गरे, कती सन्तुस्टीहरु तिमीले नसोच्दै अनुभब गरे, तिमी आएकी छौ ,मात्र तिमी आएकी छैनउ, तिमी सँग एउटा स्वर्ग पाएको छु अनी संसार जित्ने आट ल्यएको छु, मात्र तिम्रो आगमन ले भगवान सँग दु:ख मा भिख माग्ने बानी हराएको छ, किनकी दु:ख मेरा लागि दु:ख छैनन, प्रत्यक पल सुखका छन, अनी भगवान को बास पनि सुख मा मात्रा छ। 

अब त एउटै चाहना छ, एउटै प्रार्थना छ, हे भगवान सक्छौ भने मलाई दु:ख टरिदेउ भन्दिन, सुख दिलाइदेउ भन्दिन, मात्र एक काम गरिदेउ यो खुशी, यो माया अनी यो सुन्दर संसार लाई यसरी नै बस्न देउ,यसरी नै बस्न देउ !! 


# नानी तिमी प्रतिको माया कहाँ छ,कती छ थाहा छैन मलाई, तर आफुमा यती विश्वाश का साथ भन्न सक्छु तिम्रो आगमन बिना यो संसार उजाड थियो, र तिम्रो अभाब मा खरानी सरह हुनेछ, यो भावना र विश्वाश तिमी प्रतिको सधैं सधैं रहोस् 

अनी प्रेम अमर बनोस.........

उही निस्ठुरी लाई सम्झदै



मलाई खुब मिस गर्छु भन्थि, मिस कल को जवाफ कल गरेन भने, पोक को जवाफ मेसेज मा दिएन भने, अनि अझ उसले नभनेका कुरा पनि बुझिदिएन भने खुब मुर्मुरिने गर्थि /

सन्सार म उ जती इम्पोर्टेन्ट केहि छैन जस्तो गर्नु पर्ने अरे,नत्र त खिसिक्क पनि गर्दिन थि,केटा केटी लाई जस्तो ख्याल गर्नु पर्थ्यो । उस्का चाहना,अवश्यकता नभन्दै बुझी दिनु पर्ने (नपुर्याए पनि भो बरु) नत्र घुर्काउ थि । त्यो पनि नघुर्काए जस्तो गरी अनि केहि पनि नभए जस्तो गरी । पिर पार्ने गर्थि, मौनता ले गलाउ थि र आत्मा समर्पण नै गर्नु पर्ने बनाउ थि ।
कतै कुनै कुरा मा गल्ती भयो भने पनि दोस लगाउ न पाउदिन थे ,सुरु मा त आफै हार्नु पर्थ्यो अनि फकाइ फुलाई मिलाई जुलाई बल्ल गल्ती देखाइदिन मिल्थ्यो ।फुरुङ परेपछी चाही जस्तो गल्ती पनि एसेप्ट गर्थी र सोरी भन्थी बल्ल । ।
उ यस्तै उस्तै थि,,,,,,
उस्ले बाबा भन्नु भन्दा अगाडी नानी भनेर बोलाउनु पर्थ्यो । नत्र ठुस्स पर्थी ।खुब रिसाउ थि तर नदेखाउन खोजे जातो गर्थी ।मैले पनि नदेखे जस्तो नै गर्नु पर्थ्यो नत्र उसको घमन्ड को अगाडी पनि केहि जोर चलाउन सक्दिन थे म ।ज सुकै होस उस्ले जित्न खोजी भने जिताउनु नै पर्थ्यो ।आफु ले जित्नु पर्‍यो भने चही उसैलाई फाकाइ फुलाई गरी मात्र हो अनि बल्ल आउथ्यो जित्ने पालो ।
सन्सार मा कसैको नभको प्रेमिका बन्न खोजे जस्तो गर्थि,खै के गर्थि,मलाई लट्ठ पारेर राख्थि,मा पनि उसै प्रती मग्न भएर हराउठे,खुशी मा पनि,पिडा मा पनि
तर, आजभोलि उ चेन्ज भकी छ, अर्कै माया गर्ने मान्छे पाकी छ अनि तेतै ब्यस्त छ,मलाई पनि टाइम दिए जस्तो त गर्छे तर म न अघाएको कती भो भेउ छैन उस्लाई,खास मा झारा टार्ने काम मात्र गर्छे उ । । । ।

आजभोलि फर्मालिट्री मात्रै पुरा गरेकी हुन्छे,मैले पनि नपुगे जस्तो गर्दिन आखिर चोखो माया भनेको प्रेम गरेको ब्यक्ती लाई खुशी देख्दा आनन्द पाउनु पनि त हो, तेही सोच्छु मुस्काउछु बस्छु

छोरी पनि उसको मात्रै हो जस्तो गर्छे,माया गर्ने जिम्मा पनि उसैको जस्तो मात्रै,मेरो भाग त एसो हप्ता म २,४ ओटा फोटा फल्दिन्छे र भाग छुट्टाइदिन्छे, त्यो भन्द त चिम्टी भर धेरै पनि दिन्ने । ।
स्वार्थी पनि कती सम्म हुन सकेकी मेरो भाग मा त केहि पार्नै छोडेकी छ, गफ पनि छोरी सँग फुर्सद मिल्यो भने मात्रै गर्छे । ।झारा टार्ने हिसाब ले एसो एउटा मिसकल हान्दिन्छे अनि मोबाईल कता सुइकाउछे खै कल गर्दा नि लाग्दैन न कतै अनलाईन नै भेटिन्छे ।उस्लै मेरो उत्तर को अपेक्षा नै छैन
जसरि छे खुब खुशी छे,सबै मेरै लागी गरे जस्तो गरेर भाउ खोज्छे, अनि खै कस्तो सन्तुस्टी हो यो मेरो पनि, मस्त छु उसका कृयाकलाप हेरेर,छक्क छु नया काम र उसको शैली देखेर, मग्न छु उसको मुस्कान देखेर ।
बस । । जीवन सुन्दर लागी रहेछ र म रमाइ रहेछु,,,,!!
कुनै गुनासो गर्ने अधिकार छैन,न त कुनै गुनसो सङ्लिएको पनि छैन ।
आखिर मेरो पनि त भाग हो,हाम्रै लागी गर्दै छे सबै हाम्रै माया को फुल नै त फुलाउदै छ । फरक खाले जिम्बेवारी बहन गर्दै छे मात्र न हो,

हो त सधै मेरै अनि मनु कै । । । ।

क्यामेरा मा हासु कि रोउ भन्ने कन्फ्युजमा "मानुशी "


Oct 25, 2011

GETTING TIRED OF LOVING SOMEONE


MY HEAD GONNA BE BLAST NOW,I CANT THINK ANYTHING,CANT DO ANYTHING,NO IMAGINATION OR ANYTHING ELSE.
I WAS CONFUSED OF UR SO MUCH LOVE FROM FEW DAYS.WAS NOT BELIEVING HOW ITS POSIBLE TO GET CHANGE ON A PERSON THIS MUCH.MY DOUBT WAS TRUE THAT U WERE NOT CHANGED FOR.AGAIN THE SAME TO DISSAPOINT ME,
M SO SAD NOW ,ALL MY HOPES AND EXCITEMENT YOU THROW THEM TO DUST BIN.M EMPTY ONCE AGAIN.AND HURTED OF MY OWN THINKING THAT I CUD MAKE EVERYTHING POSIBLE FOR THIS RELATION.

u CANT SHARE ANYTHING TO ME,IF YOU DON’T SHARE U CANT HELP ME FOR PLAN I WANT CREATE,IF I  DON’T HAVE UR HELP N SUPPORT I CANT DO ANYTHING.if I cant do anything why u r talking this way about love?? then this relation going for nothing,we are not lover but just frend.and from a friendship I sud not expect too much.but I did and that ws my mistake.thr is lotz I have to ask you,but u made me disspoint from 1st question I ask with u,and u block all rest questions too.
I told you many times don’t push me in darkness.but u alwiz the same.you alwiz wants me to throw a stone to dark and to put it on the pot,how I can do that ,?? I don’t even have imagination for it.all I need is my manu and the plan for future.for this I have paid lots pain in past and until now from you too.dont know how much more to pay in future also,but why ??
Why u alwiz keeping me in this destination less journey ,don’t even know wer n how to go .
If nothing can be happen there is no reason to hold on,better we break this relation coz u cant even help me.u said na u have lots guys thr ? so choose 1of them so it will be easy for you to make all,thats really better for you,and about me? Don’t care of it,
But plz stop punishing me .i dnt want more pain from doing somthing good.
Or
If u cant answer me and cant help me,but u want keep relation??? ,give me plan,make it by urslef,and let me follow that,I will follow whatever u ask me to …do it !!

If u cant do both just plz block me from ur list,and be happy coz I wont bother you again n again.feel free to do all,I will really not blame you for anything,its like a chance to you.
I will live as I can ,with whtever I will have ,,empty ,loveless lone ,or anything,im ready to face.coz its too much trials I have given to life,I cant do more na,really tired with my life.why this much of pain for just to have my manu.too much na,I cant afford more,so better close her account also and forget everything about Manu.i don’t need anything,let me be alone ,,for rest of life I will live as my destiny wants,I wanted to change everything but so few achievements with me,mostly r not as what I wanted.same in this relation also.whatever I want I cant do.even thr is no selfish desire,

If nothing happen ,I am extermly sorry for you to disturb you r time u passed with me,
I am sooryy and please be kind to forgive me for everything I have done and desire with you/

You can choose option here.
1)      Answer me all I ask to you for the plan I want make for this relation,
2)      Or give me a plan with destination so I will follow whatever you ask me to do.
If you cant do both of them to give me smile, do something to make me happy…….
3)      Block me from your list and get a life and be happy for all u wanted and what u got.

You have options to choose!
Godbless you alwiz…

May 15, 2011

This is how i was wrong !


Loving you was now my past already, loved you was my craziness, plan for you was my stupidity, trying to give happiness was my poor desire, to give you smile on your lips was my fantasy, coz I was wrong .just to try to do all as reality for any person,, coz you were not looking for that but something else I can’t mention here,just because it’s a place where I can keep my MANJARI .
As you said thinking about my future is real, I can find my better life w o you is my future, and it’s so good, I can show my attention to other all if I don’t have you is also truth. You wanted to save my life was good path.  got lots of hurt and pain while having you was your intension to let me feel I have other life also, your thinking not to let me die for you was a nice thought in your mind saying to me that love is not life it’s just part of it, everything I wanted to do for you and your ignorance for that also a very kind you have done, that letting me know only 1 person can’t be everything for any1…you broke me, destroyed me, tried to killed me also was your intension to give new life to me. all I am thinking about you now is good, even in words you’re so good to seeing to other, so how you were best while you were in reality, all you did for me is so good to feel…
Thanking you to doing all for my life, for my living, for my future, for my better smile,
You were really good and true and me!! …………………………………………..was wrong at all,,,