HI EVERYONE!

सु-स्वागतम :)
मेरो ब्लगमा आएर रूचि देखाईदिनु भएकोमा धन्यवाद ।।

Dec 14, 2015

बलि नपाएको ऊ !!

केही बर्ष देखी मेरो समीप थियो, मेरो नजिक थियो, मैले उसप्रति भावना पाउथें, उसले म संग आत्मीयता पाउथ्यो ।  
ऊ स्वादीष्ट बन्ने छ आज, केही मांसाहारी हरु वरीपरि वसेर तौल, मुल्य गरेका। कोही खोट को पछी लागेर मुल्य घटाउने ध्याउन्न मा, कोही घ्याकुलो हेरेर अजव-गजब बोल्दै, कोही दॉत तिखारी रहेका, कोही बिला पुग्छ की भनेर थुक निलिरहेका !! जन्मे पछी मर्नु निश्चित नै हो सबैको तर, त्यो निश्चयता लाई उस्को भाग्यमा बिलय गराउदै स्वाद पुर्ति गर्ने ध्यानमा लागेका। 
 म उसलाई माया गर्थे, उ पनि अवसर मिल्नासाथ लुटुपुटु हुन आउथ्यो म संगै।मैले उसको भावना बुझ्थे, अनि उ जानकार पनि थियो, त्यसैले त भरोसा गर्थ्यो म माथी ! कहिलेकाहीं सोच्थे उस्को गन्तव्य, नियती र उसलाई भन्ने गर्थे , उस्ले बुझ्थ्यो नाई कुन्नी, तर बुरूक्क उफ्रेर पर जान्थ्यो। मानौं उस्ले बुझ्यो र असहमति जनाउदै ठुस्कियो म संग !
 म संग केही आशा राखेको थियो होला उसले, किनकी उसको नजरमा म अलिक उसलाई बुझ्ने मा पर्थे, मेरो जिवन भोगाई पनि अलिक भिन्न थियो बली को विषयमा, उसलाई मेरो भोगाई त थाहा थिएन तैपनि सायद मेरो अनुभवको कारण उस प्रति मेरो व्यवहार अरुभन्दा प्रीय थियो । म साकाहारी हुँ, मलाई कुनै स्वाद को भोगी होईन त्यही कारण मलाई उसको जिवन महत्वपुर्ण छ , त्यसैले म बाट केही आशा राख्नु स्वभाबिक पनि थियो !! 
 समय पुगेको बोको लाई राख्यो भने गनाऊछ भन्ने को भीडमा मेरो केही चल्ने वाला थिएन। उसलाई त्यो कुनामा बाधिएको थियो, उ स्वतन्त्र छ भन्ने बनाईदिन १ मीटर लामो डोरी खोलिएको छ, अगाडी पराल र घास छरिएको छ, अनि उ पनि सबै तुनेलो बुझेर या नबुझेर घरि घरि एक दुईटा त्यान्द्रा टिप्थ्यो । पर अर्को कुनामा पानी तात्दै थियो...... 
 एकजना ले अगाडीबाट डोरी समायो र तान्यो, अर्को ले पछाडी खुट्टा समायो, अब चाही उ पक्का भएछ क्यारे म तर्फ हेरेर आवाज दियो, जिवन रक्षाको भीख माग्यो...! भक्षिहरु संग विवसतामा आशु बगाउदै, केही आश गरेजस्तो टुलुटुलु मलाई हेर्दै आशुँ झार्यो, तर  फेरी आवाज निकालेन । 
म हेरे मात्रै ऊसको आत्मा को शान्तीको कामना गरे मात्र। म केही गर्न सक्दिनथे, एक त म एक्लो थिए त्यहॉ भएका हरुलाई सम्झाउन सक्दिनथें अर्को म साकाहारी हुनुको कारण मेरो सम्बन्ध थिएन अनि त्यो छिमेकीको घरमा पालिएको कारण मेरो केही सिप चल्ने वाला पनि थिएन। 
अब समय भयो... अगाडी डोरी समाउने छ, पछाडी खुट्टा पकड्ने,हत्यारा ले पानी लियो र उसको टाउकोमा छर्कीदियो, त्यो पानीलाई उसले उछीट्टीने गरी टाउको हल्लायो। अनि सबैले त्यसैलाई अनुमतिको र स्वीकार्य हुनुको रुपमा लिए अनि एता उति हेरेर मार हान्ने तयार भयो, मैले टाउको उता फर्काए, एउटा भुक्क को आवाज आयो अनि सकियो ऊसको इहलीला !!! 
 मलाई थाहा थियो उसको नियती, उसले मर्नु नै पर्ने थियो, जिवन को सुरु पछि अन्त्य पनि निश्चित नै हो तै पनि उसको मरण अल्ली उपल्लो स्तरको होस् भन्ने म चाहन्थे, उसमा कुनै खोट थिएन त्यसैले कमसेकम कुनै भाकल मा परोस् र भगवान को नाममा मृत्यु पावोस भन्ने चाहन्थे म ! तर मरेको जन्तुलाई मासु मात्रै देख्ने ले के बुझुन मर्ने को र हत्या गर्नै नखोज्ने साकाहारी को भावना !!!! 
 मेरो घरको पाठो लाई चाहीं पुर्ण मृत्यु मिलोस् सोच्दै, त्यो मर्नेको नाममा गुन् गुनाए .... 
 पानी पर्नु पनि जीवन, घाम लाग्नु पनि जीवन, 
जस्तो भोग्यो उस्तै हुन्छ,खोजेजस्तो हुन्न जीवन, सोचे जस्तो हुन्न जिवन...!!! 
 (भिन्न अर्थ संगै कल्पनामा आधारीत छ, बास्तविकता संग मिलेमा संयोग मात्रै हुने छ । )

No comments:

Post a Comment