HI EVERYONE!

सु-स्वागतम :)
मेरो ब्लगमा आएर रूचि देखाईदिनु भएकोमा धन्यवाद ।।

Nov 30, 2014

तिम्रो आगमनले यहाँ..."

       
मेरो सामु गर या मर को स्थिती थियो, धेरै यात्रा हरु गरेर थाकिसकेको थिए म। तिमी लाई त्यो परिस्थिती को अन्तिम गन्तब्य सोच्दै थियो मेरो मात्र दिमाग ले, केही सम्झौता हरु मन मनै गर्दै तिम्रो माइती घर को बाटोमा गूडीए म। मन मा अनेक तरह का बादल हरु मडारिएका थिए, आफ्नो भन्दा पनि अरु को लागि चालिएका पैला भएर होला शायद डग्मगाइने हो कि, गल्ती गरिने पो हो कि भन्ने डर ले मन आशान्त थियो।

तैपनी यथार्थ लाई त आत्मसात नै गर्नु थियो। 

तिम्रो आगन मा पुगे, म भन्दा पहिला पुग्ने हरु ले म प्रती हेरेको आशबदी नजर को अन्दाज गर्न मलाई गार्हो परेन। मेरो "म ,मेरो जिन्दगी र मेरै अन्तिम निर्णय" भन्ने सोचाइको शिकार भाईसकेर थाकेका अनुहार थिए ति !! 
" उनी हरु ले नै थपे _लौ चिया पिलाउनु पर्‍यो"भित्र बाट एकैछिन को प्रतिक्षाको आग्रह आयो। गान गुन का धुन हरु भित्र बाट आउदै कान मा ठोक्किदै थिए, खै मलाई पनि धड्कन को बेग बढीरहेको महसुस हुँदै थियो। अनी कता कता कसैको प्रतिक्षा गरेको महसुस हुँदै थियो। 

भित्र बाट कोही बाहिर आयो, सबै का नजर उतै भागे, सुन्सान छायो। अनी म पनि के भएछ र भन्ने जिज्ञासा मन मा उठाउदै उतै मोडिए,,, , ,,, अचानक डर लागे जस्तो भो, मन चस्के जस्तो भो, लाज लागे जस्तो भो, भित्र भित्रै आँफै मुस्कएको महसुस भो, पसिना छुट्न लागे शायद, जब आफुलाई सम्हाल्ने बारेमा सोच्दै थिए अनी ख्याल गरे कि केही पल अघिसम्मा उतै तिर रहेका नजर सबै, र थप्थाप मा भित्र बाट पनि केही नजर म मा पो परेका रहेछन, म के भए थाहा भएन, चिया पनि हात मा लिसकेछु पत्तै पाइन, एता उती हेरे कोही मुस्कानको पारामा सोद्धै छन, कोही आखिभौ खुच्याएर जिज्ञासा रख्दै छन, अनी अरु सबैले हेर्दैछन मात्र मलाई हेर्दैछन ,,, 


चिया पिएर नभ्याउदै एक्जना दाईले बोलाउनु भयो छुट्टै अनी सोध्नु भयो " कस्तो लाग्योकेटी"?,, लौ बर्बाद म सँग त्यो उत्तर नै थिएन। के गरु कसो गरु भो-अनी दिदी लाई सोधे कस्तो छ साच्ची ? "हेरेनौ र? मलाई त ठीक लाग्यो" दिदी ले यती भने पछी चिया ल्याउने मान्छे लाई सम्झिने कोशीस गरे' " मन्द मुस्कान, डर ले कापेको चियाको थाली र त्यो भन्दा पहिला को मधुर स्वर मा गरिएको "नमस्ते", त्यती मात्रै सम्झन सके, र दिदी को प्रतिकृया सँगै आट गरेर एक वाक्य बोले "कुर गर्छु नि !! 

अनी दाई ले भनी हाल्नु भो, लौ केटा केटी को लागि ठाउँ मिलाइदिनु पर्‍यो।भित्र बोलाइयो, म गए टिभी कोठामा , बसे अनी उनी आइन " बल्ल ढुक्क भएर हेरे कस्ती छ भनेर। म सँगै मिल्दो बर्ण , उचाइ ,ठुला ठुला अनुहार लाई सुहाउने आँखा, सबै मन पर्‍यो। 
"तिम्रो नाम के नि ? 
-बिनु 
कती भो उमेर 
-४९ साले 
अनी पढाई ?पहिलेइ थाहा त थ्यो।" 
-१२ मा छु। 
उ टिभी तिर फर्केकी हुनाले मैले।चाही उस्को बोलिको प्रत्यक ध्वनी देखी रहेको पनि थिए। उस्को बारेमा सबै सोधे अनी उस्ले केही सोध्न नसकेको आभस गरेर आफ्नो बारेमा पनि भनी दिए । उस्को बोलिमा रहेको नम्रता र मुस्कान को मिठास मेरो पहिलो रोजाइ बन्यो, विश्वाश गरे अनी भर पनि परे !! 


त्यो थियो तिम्रो र मेरो पहिलो भेट, म साकारात्मक भए पछी उता बाट निर्णय बुझ्न खोजियो "कुरा मिल्यो अरे ,बेलुका नै टिका लगाएर साइत जुरराइ हाल्ने गरी हामी बिदा भयौ । 

अनी बिभिन्न सोचाइ हरु मन म कुद्न थाले , जिबन भर को साथ को लागि मैले लियको निर्णय ले मलाई त अर्कै संसार मा लादै थियो भने परिवरिक हिसाब कहाँ पुग्नेहो, एउटा आफु प्रती को विश्वाश भित्र लुकेको शन्का लाई भित्रै दबाउदै जिन्दगी भरी कुनै मोड आए भने पनि नानीकाल्ने अठोट र सम्झौता आँफै सँग गरे' 
जिन्दगी का बहुमुल्य पल हरु सम्झौता मा नै गुमाएको भए पनि सम्झौता गर्नु पर्दा को वास्तविकता तेतिबेला मात्रै थाहा भयो 
आज १ बर्ष पुरा भएको छ, तिमी लाई भेटेको यस्बिच्मा मैले धेरै सिके अनी त्यो भन्दा धेरै तिमीलाई सिकाए , यदा कडा बुझाई मा परेका अप्ठ्यारा हरु बाहेक तिमी सँग कुनै त्यस्तो गुनासो भएनन, मेरो जुन विश्वाश मात्र तिमीसँग को ५ मिनेट को कुरा कानी म स्थापित गरेको थिए तिमीले तेस्लाई मल्जल गरिराखेउ, र डग्न दिएनौ, तेस्पछी सुरु भएको जीवन म पनि बहार हरु ल्याएउ, मेरो मार्गचित्र लाई हेरेर पाइला चालेउ,अनी मैले आँफै एउटा अजम्बरी माया को र अटुट साथ को महसुस गर्न सके !! 


तिमी आएउ जिबन मा मात्र त्यो तिमी मात्रै सोच्छौ, मैले सुन्दर संसार पाए त्योमैले सोछु, कती कुरा हरु तिमीले नदिएर पाए, कती खुशी हरु तिमीले थाहा नपाउदै महसुस गरे, कती सन्तुस्टीहरु तिमीले नसोच्दै अनुभब गरे, तिमी आएकी छौ ,मात्र तिमी आएकी छैनउ, तिमी सँग एउटा स्वर्ग पाएको छु अनी संसार जित्ने आट ल्यएको छु, मात्र तिम्रो आगमन ले भगवान सँग दु:ख मा भिख माग्ने बानी हराएको छ, किनकी दु:ख मेरा लागि दु:ख छैनन, प्रत्यक पल सुखका छन, अनी भगवान को बास पनि सुख मा मात्रा छ। 

अब त एउटै चाहना छ, एउटै प्रार्थना छ, हे भगवान सक्छौ भने मलाई दु:ख टरिदेउ भन्दिन, सुख दिलाइदेउ भन्दिन, मात्र एक काम गरिदेउ यो खुशी, यो माया अनी यो सुन्दर संसार लाई यसरी नै बस्न देउ,यसरी नै बस्न देउ !! 


# नानी तिमी प्रतिको माया कहाँ छ,कती छ थाहा छैन मलाई, तर आफुमा यती विश्वाश का साथ भन्न सक्छु तिम्रो आगमन बिना यो संसार उजाड थियो, र तिम्रो अभाब मा खरानी सरह हुनेछ, यो भावना र विश्वाश तिमी प्रतिको सधैं सधैं रहोस् 

अनी प्रेम अमर बनोस.........

No comments:

Post a Comment