HI EVERYONE!

सु-स्वागतम :)
मेरो ब्लगमा आएर रूचि देखाईदिनु भएकोमा धन्यवाद ।।

Nov 30, 2014

उही निस्ठुरी लाई सम्झदै



मलाई खुब मिस गर्छु भन्थि, मिस कल को जवाफ कल गरेन भने, पोक को जवाफ मेसेज मा दिएन भने, अनि अझ उसले नभनेका कुरा पनि बुझिदिएन भने खुब मुर्मुरिने गर्थि /

सन्सार म उ जती इम्पोर्टेन्ट केहि छैन जस्तो गर्नु पर्ने अरे,नत्र त खिसिक्क पनि गर्दिन थि,केटा केटी लाई जस्तो ख्याल गर्नु पर्थ्यो । उस्का चाहना,अवश्यकता नभन्दै बुझी दिनु पर्ने (नपुर्याए पनि भो बरु) नत्र घुर्काउ थि । त्यो पनि नघुर्काए जस्तो गरी अनि केहि पनि नभए जस्तो गरी । पिर पार्ने गर्थि, मौनता ले गलाउ थि र आत्मा समर्पण नै गर्नु पर्ने बनाउ थि ।
कतै कुनै कुरा मा गल्ती भयो भने पनि दोस लगाउ न पाउदिन थे ,सुरु मा त आफै हार्नु पर्थ्यो अनि फकाइ फुलाई मिलाई जुलाई बल्ल गल्ती देखाइदिन मिल्थ्यो ।फुरुङ परेपछी चाही जस्तो गल्ती पनि एसेप्ट गर्थी र सोरी भन्थी बल्ल । ।
उ यस्तै उस्तै थि,,,,,,
उस्ले बाबा भन्नु भन्दा अगाडी नानी भनेर बोलाउनु पर्थ्यो । नत्र ठुस्स पर्थी ।खुब रिसाउ थि तर नदेखाउन खोजे जातो गर्थी ।मैले पनि नदेखे जस्तो नै गर्नु पर्थ्यो नत्र उसको घमन्ड को अगाडी पनि केहि जोर चलाउन सक्दिन थे म ।ज सुकै होस उस्ले जित्न खोजी भने जिताउनु नै पर्थ्यो ।आफु ले जित्नु पर्‍यो भने चही उसैलाई फाकाइ फुलाई गरी मात्र हो अनि बल्ल आउथ्यो जित्ने पालो ।
सन्सार मा कसैको नभको प्रेमिका बन्न खोजे जस्तो गर्थि,खै के गर्थि,मलाई लट्ठ पारेर राख्थि,मा पनि उसै प्रती मग्न भएर हराउठे,खुशी मा पनि,पिडा मा पनि
तर, आजभोलि उ चेन्ज भकी छ, अर्कै माया गर्ने मान्छे पाकी छ अनि तेतै ब्यस्त छ,मलाई पनि टाइम दिए जस्तो त गर्छे तर म न अघाएको कती भो भेउ छैन उस्लाई,खास मा झारा टार्ने काम मात्र गर्छे उ । । । ।

आजभोलि फर्मालिट्री मात्रै पुरा गरेकी हुन्छे,मैले पनि नपुगे जस्तो गर्दिन आखिर चोखो माया भनेको प्रेम गरेको ब्यक्ती लाई खुशी देख्दा आनन्द पाउनु पनि त हो, तेही सोच्छु मुस्काउछु बस्छु

छोरी पनि उसको मात्रै हो जस्तो गर्छे,माया गर्ने जिम्मा पनि उसैको जस्तो मात्रै,मेरो भाग त एसो हप्ता म २,४ ओटा फोटा फल्दिन्छे र भाग छुट्टाइदिन्छे, त्यो भन्द त चिम्टी भर धेरै पनि दिन्ने । ।
स्वार्थी पनि कती सम्म हुन सकेकी मेरो भाग मा त केहि पार्नै छोडेकी छ, गफ पनि छोरी सँग फुर्सद मिल्यो भने मात्रै गर्छे । ।झारा टार्ने हिसाब ले एसो एउटा मिसकल हान्दिन्छे अनि मोबाईल कता सुइकाउछे खै कल गर्दा नि लाग्दैन न कतै अनलाईन नै भेटिन्छे ।उस्लै मेरो उत्तर को अपेक्षा नै छैन
जसरि छे खुब खुशी छे,सबै मेरै लागी गरे जस्तो गरेर भाउ खोज्छे, अनि खै कस्तो सन्तुस्टी हो यो मेरो पनि, मस्त छु उसका कृयाकलाप हेरेर,छक्क छु नया काम र उसको शैली देखेर, मग्न छु उसको मुस्कान देखेर ।
बस । । जीवन सुन्दर लागी रहेछ र म रमाइ रहेछु,,,,!!
कुनै गुनासो गर्ने अधिकार छैन,न त कुनै गुनसो सङ्लिएको पनि छैन ।
आखिर मेरो पनि त भाग हो,हाम्रै लागी गर्दै छे सबै हाम्रै माया को फुल नै त फुलाउदै छ । फरक खाले जिम्बेवारी बहन गर्दै छे मात्र न हो,

हो त सधै मेरै अनि मनु कै । । । ।

No comments:

Post a Comment