HI EVERYONE!

सु-स्वागतम :)
मेरो ब्लगमा आएर रूचि देखाईदिनु भएकोमा धन्यवाद ।।

Nov 30, 2014

बिवश याचनाहरु......

मैले नै भनेको थिए तिमीलाई 
मान्छे लाई माया जती पनि गर्नु तर सबै नदेखाउनु किनकी मायामा फाईदा उठाउछ मान्छे ले, जसलाई बढी समय दियो उसैले तिरस्कार गर्छ यहाँ, अनी जस्को ख्याल गर्दा गर्दै आँफैलाई बिर्स्यो उसैले वास्ता गर्दैन यहाँ, 
तर मलाई थाहा थिएन म नै यस्तो भएर निस्कन्छु भनेर, खुब ठुला ठुला माया का कुर गरे तिमी सँग, महान सपना हरु देखाए तिमीलाई, कल्पना मै खुशी दिये जस्तो गरे तर तिम्रो मर्म बुझ्न सकिन, तिम्रा आवश्यकता हरु ठम्याउन सकिन, तिम्रा चाहना हरु महसुस गरिन, अनी तिमीलाई केही दिन सकिन, तिमीलाई एक्लो बनाउदै आँफैलाई दुरी मा राखे, 
प्रायश्चित गर्न पनि नसक्ने भएर थन्क्याइदिए आफुलाई। 

ढिलो गरेर तिमीलाई बुझ्न खोज्दा तिम्रा आँखा हरु भित्र का खोजाइ पत्ता लगाउदै छु, तिम्रो मनका भावना हरु महसुस गर्दै छु, तिम्रो मुस्कानले सजियका ओठ हरु भित्र लुकेका अनगन्ती तिमीले भन्न नसकेका आकङ्शा हरु पढेको छु मैले ,अनी मात्र देखेको छु !!अझै पनि यस्तै मिठा कुरा हरु गरेर तिमीलाई फुरुङ पार्नु बाहेक केही गर्न नसक्ने छु, बिर्सेंको छैन आफ्नो हैसियत , औकातलाई, अनी यही भुमरिमा आफुलाई जकडेर राखेको छु यसै गरी यस्तै गरी , 

तिम्रो मुस्कानमा मेरो खुशी छ भनेर तिमीलाई जबर्जस्ती खुशी हुनु पर्ने, मुस्काउनै पर्ने धरापमा पारेको छु, मक्ख पर्दै तिमी मुस्काउछौ अनी म तेही मुस्कान लिएर दुनियाँको सामु सिर ठाडो पारेर हिड्छु, मेरो स्वार्थ देख्दैनौ तिमी मात्र बाहिरी रुपमा सजायका सुन्दर शब्दहरु मा अल्झिन्छौ, निस्कनै सक्दैनौ अनी परोक्ष रुपमा तेसको फाईदा मैले उठाउछु, न तिमीलाई तिम्रोबुझाई बाट माथि उठ्न दिन्छु, न त मेरो फाईदा उठाउने प्रब्रितीलाई रोक्न नै सक्छु,,, 

यो स्वार्थपूर्ण यात्रामा अझै केही समय हिंड्नुछ मलाई, अझै केही ठग्नु छ तिमीलाई, अनी यो बाँकी रहेको छोटो यात्रा पार होस्,अनी तिम्रै खुशीका लागि मात्रा बच्ने छु म, हुनत अहिले पनि तेही भनेर टारे जस्तो गरेको छु, तिमी पनि खुशी व्याबहारिक बन्ने धुन मा टारिएकी नै छौ, तर त्योबेला सबै वास्तविक हुनेछन, प्रतक्ष रुपमा तिम्रो नजर को सामुन्ने हुनेछन, तिमीले बुझ्ने गरी अनी महसुस पनि गर्ने गरी, तिमी मात्र तिम्रो(तिमिले थाहा नपाएको) खुशी को लागि लड्ने छु, अगाडि बड्ने छु,,, 

तिमी निस्छल छौ, निस्कपट छौ तेसैले यो संसार लाई चिन्दैनौ, यहाँ दिनहु घट्ने घटनाहरु देख्दैनौ, मान्छे हरुका व्यबहार बुझ्दैनौ, तिमी जस्तो छौ उस्तै देख्छौ "अन्धो ले हात्ती लाई भित्तो जस्तो हुदो रहेछ" भने जस्तो,, यो सबै संसार हो अनी यसैबिच रुमाललिरहेको म एक प्राणी हु, तेसैले संसारले सिकाएको जस्ताइ छु म पनि, धेरै हेला गरेको छु तिमीलाई, अन्याय ले दबाएको छु तिमीलाई, एक्लोपनाले सताएको छु तिमीलाई, आशु बनेर रुवाएको छु तिमीलाई, अनी दु:ख बनेर दु:खाएको छु तिमीलाई,,,,, तिमीलाई प्रश्ट बनाउन खोजेको मात्र हुँ मैले, यो भ्रमको संसार चिनाउन खोजेको हुँ,जाल शड्यन्त्र बाट बचाउन खोजेको हुँ म दोशी छु उम्कन खोज्दिन, तिम्रो आँखा छल्नकै लागि पिठ पछाडिको बाटो पनि रोज्दिन, तिमीले जसरी मलाई माया गर्ने शाहश गरेकी छौ त्यही सक्ती आफुमा जगाउन भने पक्कै खोजेको हु, सक्छौ भने मलाई माफ गरिदेउ यो सबै दोशहरु को जिम्बेवारी लिएपछी पनि अझै लाग्दै छ कि, तिमीले एक्पटक अझै प्रयासचित गर्ने मौका दिएउ र मेरो सिफारिस तिम्रो मन र आत्मा सँग गरिदिएउ भने (स्वार्थ त अझै छ) मेरा यि यात्रा हरु सहज हुने थिए , जस्को गन्तब्य तिम्रो खुशी मा टुङगनेछ यो प्रण भो मेरो !! 
जीवन तिमीमा समर्पण भो मेरो !!

तिम्रो आगमनले यहाँ..."

       
मेरो सामु गर या मर को स्थिती थियो, धेरै यात्रा हरु गरेर थाकिसकेको थिए म। तिमी लाई त्यो परिस्थिती को अन्तिम गन्तब्य सोच्दै थियो मेरो मात्र दिमाग ले, केही सम्झौता हरु मन मनै गर्दै तिम्रो माइती घर को बाटोमा गूडीए म। मन मा अनेक तरह का बादल हरु मडारिएका थिए, आफ्नो भन्दा पनि अरु को लागि चालिएका पैला भएर होला शायद डग्मगाइने हो कि, गल्ती गरिने पो हो कि भन्ने डर ले मन आशान्त थियो।

तैपनी यथार्थ लाई त आत्मसात नै गर्नु थियो। 

तिम्रो आगन मा पुगे, म भन्दा पहिला पुग्ने हरु ले म प्रती हेरेको आशबदी नजर को अन्दाज गर्न मलाई गार्हो परेन। मेरो "म ,मेरो जिन्दगी र मेरै अन्तिम निर्णय" भन्ने सोचाइको शिकार भाईसकेर थाकेका अनुहार थिए ति !! 
" उनी हरु ले नै थपे _लौ चिया पिलाउनु पर्‍यो"भित्र बाट एकैछिन को प्रतिक्षाको आग्रह आयो। गान गुन का धुन हरु भित्र बाट आउदै कान मा ठोक्किदै थिए, खै मलाई पनि धड्कन को बेग बढीरहेको महसुस हुँदै थियो। अनी कता कता कसैको प्रतिक्षा गरेको महसुस हुँदै थियो। 

भित्र बाट कोही बाहिर आयो, सबै का नजर उतै भागे, सुन्सान छायो। अनी म पनि के भएछ र भन्ने जिज्ञासा मन मा उठाउदै उतै मोडिए,,, , ,,, अचानक डर लागे जस्तो भो, मन चस्के जस्तो भो, लाज लागे जस्तो भो, भित्र भित्रै आँफै मुस्कएको महसुस भो, पसिना छुट्न लागे शायद, जब आफुलाई सम्हाल्ने बारेमा सोच्दै थिए अनी ख्याल गरे कि केही पल अघिसम्मा उतै तिर रहेका नजर सबै, र थप्थाप मा भित्र बाट पनि केही नजर म मा पो परेका रहेछन, म के भए थाहा भएन, चिया पनि हात मा लिसकेछु पत्तै पाइन, एता उती हेरे कोही मुस्कानको पारामा सोद्धै छन, कोही आखिभौ खुच्याएर जिज्ञासा रख्दै छन, अनी अरु सबैले हेर्दैछन मात्र मलाई हेर्दैछन ,,, 


चिया पिएर नभ्याउदै एक्जना दाईले बोलाउनु भयो छुट्टै अनी सोध्नु भयो " कस्तो लाग्योकेटी"?,, लौ बर्बाद म सँग त्यो उत्तर नै थिएन। के गरु कसो गरु भो-अनी दिदी लाई सोधे कस्तो छ साच्ची ? "हेरेनौ र? मलाई त ठीक लाग्यो" दिदी ले यती भने पछी चिया ल्याउने मान्छे लाई सम्झिने कोशीस गरे' " मन्द मुस्कान, डर ले कापेको चियाको थाली र त्यो भन्दा पहिला को मधुर स्वर मा गरिएको "नमस्ते", त्यती मात्रै सम्झन सके, र दिदी को प्रतिकृया सँगै आट गरेर एक वाक्य बोले "कुर गर्छु नि !! 

अनी दाई ले भनी हाल्नु भो, लौ केटा केटी को लागि ठाउँ मिलाइदिनु पर्‍यो।भित्र बोलाइयो, म गए टिभी कोठामा , बसे अनी उनी आइन " बल्ल ढुक्क भएर हेरे कस्ती छ भनेर। म सँगै मिल्दो बर्ण , उचाइ ,ठुला ठुला अनुहार लाई सुहाउने आँखा, सबै मन पर्‍यो। 
"तिम्रो नाम के नि ? 
-बिनु 
कती भो उमेर 
-४९ साले 
अनी पढाई ?पहिलेइ थाहा त थ्यो।" 
-१२ मा छु। 
उ टिभी तिर फर्केकी हुनाले मैले।चाही उस्को बोलिको प्रत्यक ध्वनी देखी रहेको पनि थिए। उस्को बारेमा सबै सोधे अनी उस्ले केही सोध्न नसकेको आभस गरेर आफ्नो बारेमा पनि भनी दिए । उस्को बोलिमा रहेको नम्रता र मुस्कान को मिठास मेरो पहिलो रोजाइ बन्यो, विश्वाश गरे अनी भर पनि परे !! 


त्यो थियो तिम्रो र मेरो पहिलो भेट, म साकारात्मक भए पछी उता बाट निर्णय बुझ्न खोजियो "कुरा मिल्यो अरे ,बेलुका नै टिका लगाएर साइत जुरराइ हाल्ने गरी हामी बिदा भयौ । 

अनी बिभिन्न सोचाइ हरु मन म कुद्न थाले , जिबन भर को साथ को लागि मैले लियको निर्णय ले मलाई त अर्कै संसार मा लादै थियो भने परिवरिक हिसाब कहाँ पुग्नेहो, एउटा आफु प्रती को विश्वाश भित्र लुकेको शन्का लाई भित्रै दबाउदै जिन्दगी भरी कुनै मोड आए भने पनि नानीकाल्ने अठोट र सम्झौता आँफै सँग गरे' 
जिन्दगी का बहुमुल्य पल हरु सम्झौता मा नै गुमाएको भए पनि सम्झौता गर्नु पर्दा को वास्तविकता तेतिबेला मात्रै थाहा भयो 
आज १ बर्ष पुरा भएको छ, तिमी लाई भेटेको यस्बिच्मा मैले धेरै सिके अनी त्यो भन्दा धेरै तिमीलाई सिकाए , यदा कडा बुझाई मा परेका अप्ठ्यारा हरु बाहेक तिमी सँग कुनै त्यस्तो गुनासो भएनन, मेरो जुन विश्वाश मात्र तिमीसँग को ५ मिनेट को कुरा कानी म स्थापित गरेको थिए तिमीले तेस्लाई मल्जल गरिराखेउ, र डग्न दिएनौ, तेस्पछी सुरु भएको जीवन म पनि बहार हरु ल्याएउ, मेरो मार्गचित्र लाई हेरेर पाइला चालेउ,अनी मैले आँफै एउटा अजम्बरी माया को र अटुट साथ को महसुस गर्न सके !! 


तिमी आएउ जिबन मा मात्र त्यो तिमी मात्रै सोच्छौ, मैले सुन्दर संसार पाए त्योमैले सोछु, कती कुरा हरु तिमीले नदिएर पाए, कती खुशी हरु तिमीले थाहा नपाउदै महसुस गरे, कती सन्तुस्टीहरु तिमीले नसोच्दै अनुभब गरे, तिमी आएकी छौ ,मात्र तिमी आएकी छैनउ, तिमी सँग एउटा स्वर्ग पाएको छु अनी संसार जित्ने आट ल्यएको छु, मात्र तिम्रो आगमन ले भगवान सँग दु:ख मा भिख माग्ने बानी हराएको छ, किनकी दु:ख मेरा लागि दु:ख छैनन, प्रत्यक पल सुखका छन, अनी भगवान को बास पनि सुख मा मात्रा छ। 

अब त एउटै चाहना छ, एउटै प्रार्थना छ, हे भगवान सक्छौ भने मलाई दु:ख टरिदेउ भन्दिन, सुख दिलाइदेउ भन्दिन, मात्र एक काम गरिदेउ यो खुशी, यो माया अनी यो सुन्दर संसार लाई यसरी नै बस्न देउ,यसरी नै बस्न देउ !! 


# नानी तिमी प्रतिको माया कहाँ छ,कती छ थाहा छैन मलाई, तर आफुमा यती विश्वाश का साथ भन्न सक्छु तिम्रो आगमन बिना यो संसार उजाड थियो, र तिम्रो अभाब मा खरानी सरह हुनेछ, यो भावना र विश्वाश तिमी प्रतिको सधैं सधैं रहोस् 

अनी प्रेम अमर बनोस.........

उही निस्ठुरी लाई सम्झदै



मलाई खुब मिस गर्छु भन्थि, मिस कल को जवाफ कल गरेन भने, पोक को जवाफ मेसेज मा दिएन भने, अनि अझ उसले नभनेका कुरा पनि बुझिदिएन भने खुब मुर्मुरिने गर्थि /

सन्सार म उ जती इम्पोर्टेन्ट केहि छैन जस्तो गर्नु पर्ने अरे,नत्र त खिसिक्क पनि गर्दिन थि,केटा केटी लाई जस्तो ख्याल गर्नु पर्थ्यो । उस्का चाहना,अवश्यकता नभन्दै बुझी दिनु पर्ने (नपुर्याए पनि भो बरु) नत्र घुर्काउ थि । त्यो पनि नघुर्काए जस्तो गरी अनि केहि पनि नभए जस्तो गरी । पिर पार्ने गर्थि, मौनता ले गलाउ थि र आत्मा समर्पण नै गर्नु पर्ने बनाउ थि ।
कतै कुनै कुरा मा गल्ती भयो भने पनि दोस लगाउ न पाउदिन थे ,सुरु मा त आफै हार्नु पर्थ्यो अनि फकाइ फुलाई मिलाई जुलाई बल्ल गल्ती देखाइदिन मिल्थ्यो ।फुरुङ परेपछी चाही जस्तो गल्ती पनि एसेप्ट गर्थी र सोरी भन्थी बल्ल । ।
उ यस्तै उस्तै थि,,,,,,
उस्ले बाबा भन्नु भन्दा अगाडी नानी भनेर बोलाउनु पर्थ्यो । नत्र ठुस्स पर्थी ।खुब रिसाउ थि तर नदेखाउन खोजे जातो गर्थी ।मैले पनि नदेखे जस्तो नै गर्नु पर्थ्यो नत्र उसको घमन्ड को अगाडी पनि केहि जोर चलाउन सक्दिन थे म ।ज सुकै होस उस्ले जित्न खोजी भने जिताउनु नै पर्थ्यो ।आफु ले जित्नु पर्‍यो भने चही उसैलाई फाकाइ फुलाई गरी मात्र हो अनि बल्ल आउथ्यो जित्ने पालो ।
सन्सार मा कसैको नभको प्रेमिका बन्न खोजे जस्तो गर्थि,खै के गर्थि,मलाई लट्ठ पारेर राख्थि,मा पनि उसै प्रती मग्न भएर हराउठे,खुशी मा पनि,पिडा मा पनि
तर, आजभोलि उ चेन्ज भकी छ, अर्कै माया गर्ने मान्छे पाकी छ अनि तेतै ब्यस्त छ,मलाई पनि टाइम दिए जस्तो त गर्छे तर म न अघाएको कती भो भेउ छैन उस्लाई,खास मा झारा टार्ने काम मात्र गर्छे उ । । । ।

आजभोलि फर्मालिट्री मात्रै पुरा गरेकी हुन्छे,मैले पनि नपुगे जस्तो गर्दिन आखिर चोखो माया भनेको प्रेम गरेको ब्यक्ती लाई खुशी देख्दा आनन्द पाउनु पनि त हो, तेही सोच्छु मुस्काउछु बस्छु

छोरी पनि उसको मात्रै हो जस्तो गर्छे,माया गर्ने जिम्मा पनि उसैको जस्तो मात्रै,मेरो भाग त एसो हप्ता म २,४ ओटा फोटा फल्दिन्छे र भाग छुट्टाइदिन्छे, त्यो भन्द त चिम्टी भर धेरै पनि दिन्ने । ।
स्वार्थी पनि कती सम्म हुन सकेकी मेरो भाग मा त केहि पार्नै छोडेकी छ, गफ पनि छोरी सँग फुर्सद मिल्यो भने मात्रै गर्छे । ।झारा टार्ने हिसाब ले एसो एउटा मिसकल हान्दिन्छे अनि मोबाईल कता सुइकाउछे खै कल गर्दा नि लाग्दैन न कतै अनलाईन नै भेटिन्छे ।उस्लै मेरो उत्तर को अपेक्षा नै छैन
जसरि छे खुब खुशी छे,सबै मेरै लागी गरे जस्तो गरेर भाउ खोज्छे, अनि खै कस्तो सन्तुस्टी हो यो मेरो पनि, मस्त छु उसका कृयाकलाप हेरेर,छक्क छु नया काम र उसको शैली देखेर, मग्न छु उसको मुस्कान देखेर ।
बस । । जीवन सुन्दर लागी रहेछ र म रमाइ रहेछु,,,,!!
कुनै गुनासो गर्ने अधिकार छैन,न त कुनै गुनसो सङ्लिएको पनि छैन ।
आखिर मेरो पनि त भाग हो,हाम्रै लागी गर्दै छे सबै हाम्रै माया को फुल नै त फुलाउदै छ । फरक खाले जिम्बेवारी बहन गर्दै छे मात्र न हो,

हो त सधै मेरै अनि मनु कै । । । ।

क्यामेरा मा हासु कि रोउ भन्ने कन्फ्युजमा "मानुशी "