HI EVERYONE!

सु-स्वागतम :)
मेरो ब्लगमा आएर रूचि देखाईदिनु भएकोमा धन्यवाद ।।

Apr 3, 2017

आधा आधी जिन्दगीको

आधा आधी सकियो जिन्दगी, आजबाट ३१ लागेपछीको महसुस हो यो, ६० पछी जिन्दगी त रहला तर जिउन चाही गार्हो हुने अनुमान लगाउन समाजमा चलेका चलन ले उदाहरण प्रस्टै प्रसस्तै छन । चलेको जिवनशैली भन्दा भिन्न हुन सकियो भने अर्कै कुरो।

२० देखी ३० को दशक सबैभन्दा महत्वपुर्ण हुदो रहेछ, जिवनको खास मतलव पत्ता लाग्ने समय, धेरै थोरै मैले पनि बुझे।

संसार परिबर्तन गर्ने, पुर्ण देशभक्ति निभाउने सामर्थ्य त भएन मेरो, तर आफैलाई तोडमोड गरि सहि बाटोमा ल्याउने प्रयास भने गरे ।


यहि बीचमा ईमान्दारीता को पाठ सिकाउने बाउ-आमा, आत्मसम्मान कायम राख्न पुर्ण साथ दिने अन्तर्मनको सहयात्री बिनु जी, अभिभावकत्व को जिम्मेवारी सिकाउने मानुषी, भातृत्वभाव जगाउने दिदी-भाईहरु, सुखमा होस् या दुखमा जिन्दगी जसरी पनि चल्नु पर्छ भनेर प्रेरणा दिने, चलाउन हरदम साथ दिने साथीहरु, अनि संधै भरी म प्रति शुभेक्षा राख्ने इष्टमित्र र आफन्तजन। सबै प्रति कृतज्ञ छु यो खुशी को माहौंलका लागी...

शुभकामना

सोच्थें..! अर्धांगिनी हुनु को मतलब, आधा जिम्मेवारी लिने, आधा काम गरिदिने, आधा समस्या सल्टाई दिने, आधा चिन्ता भोगी दिने, आदि ईत्यादि .. !

गलत रहेछु ! तपाई संगको अनुपम साथ ले महसुस गरायो.. अर्धांगिनी आफ्नै आधा हुनु हो, आफ्नै चिन्ता हुनु हो, आफ्नै निर्णयमा ढुक्क हुनु हो, अर्को कोहि होईन, आफु आफै जिउनु हो । मेरो परिचयमा तपाईलाई पाउनु हो,तपाई म बाहेक होईन कि, म भित्रै हुनु हो !

यो सुख अतुलनिय छ, कायम रहोस्, बढ्दै जाओस् सधैभरी यसै गरि। #जन्मदिनको_शुभकामना ।

💞💞💐💐💐💞💞

#साईलाको_कथा

तलब आयो अरे..।।

एउटा मिठो मुस्कान देखियो, 


ड्युटी सकिए पछि सोझै एटिएम को सयजना जतिको लाईन मा बस्छ, बल्ल बल्ल पैसा निकालेसी अर्को आईएमी को बिस पच्चिस जना जतिको लाईन मा बस्छ, आफ्नो लागी काम चल्ने राखेर सब्बै अरु घरमा पठाईदिन्छ, पैसा पठाए पछि संगै गएका साथी भाई ले भन्छन - आज त सेलरी आएको दिन होटल मा खानु पर्छ, 

नाई यार !! अगिनै एटीम को लाईन बस्दा पिएको पेप्सी ले पेट दुखी राको छ म खान्न तिमोरु ईन्जोए गर, मेरो घरमा इम्पोर्टेन्ट कुरा गर्नु छ म रुम जान्छु" भनेर उस्को अनाबस्यक खर्च बाट जोगीयो र हिड्छ।

हतार हतार क्याम'मा पुगेर घर मिसकल गर्छ अनि वाईफाई मा ईमो खोलेर फोटो सेन्ड गर्दिन्छ।

त्यो बेला सम्म घरका सुतेका मान्छे नि उठेर अनलाईन आउछन्, पैसा पठाईदिएको खबर आदान प्रदान हुन्छ, हिसाब किताब को बेली बिस्तार हुन्छ, त्यो पैसा ले पनि तिर्न नभ्याएका हिसाब हरु अर्को सेलरी का लागी पेन्डिंग राखिन्छ र कुरा टुंग्याउछ।

लौ जा..! खाना त पका'कै छैन, यसो सोच्छ !!

पैसा निकाल्ने र पठाउने लाइन मा बस्दा तिन चार घन्टा त बित्यो, अब भ्याईदैन पकाउन।


नजिकै को दोकानमा जान्छ, एउटा खबुस र दहि ल्याउछ, खान्छ र भोली ड्युटी मा के खाने होला सोच्दै...... निदाउछ !!!


यसै गरी अर्को महिना आउछ जान्छ, यसै दोहोरिन्छ ....बर्ष बित्छ दशक जान्छ, अलिअलि सेलरी बढ्छ, अनि हुर्किएका केटाकेटी जस्तै आवश्यकता हरु बढ्दै जान्छन अनि उ यसै चालीस कटेसी रमाउने कल्पनामा फस्दै जान्छ ..!!