HI EVERYONE!

सु-स्वागतम :)
मेरो ब्लगमा आएर रूचि देखाईदिनु भएकोमा धन्यवाद ।।

May 30, 2016

मेरो परिवार, मेरो परिचय..

Manik Gaire Family

सबैका जस्तै सायद

मेरो बाबा : कहिल्यै छोराले मरि मरि कमाओस र सम्पत्ति थुपारोस अनि त्यहि थुप्रो माथी बसेर छाती पिट्न पाउने चाहना राख्नु भएन, जति सकेको गर्दैछ दुखै गर्दैछ भन्ने बुझ्नु भो। त्यो आत्मिक भावनाले #धकेल्यो मलाई।

आमा मेरी : असहज थियो सबै, चाहिए जति पुगेकै थिएन। पुगेको जति आएकै थिएन, त्यो कठिन ब्यवस्थापनमा पनि कमाउने मैले कहिल्यै पुराउनु परेन, मैले टक्टकाएको खल्तिलाई नै लाख मान्दै प्रशस्तिको भान देखाउनु भो, आफै चल्नु भो अनि सबै चलाउनु भो। त्यो प्रेमले #सम्हाल्यो मलाई।

मेरी पत्नी : पहिलो दिनमै रहरहरु को मुख मा टालो हालीदिएको थिए मैले ( उसलाई थाहा छ, मलाई सम्झना छ ) तैपनि आफ्नो हिस्सा नखोजी, आधा अधिकार नमागी सिमीत आबस्यकता हरुमा परिवारले दिएको छाक खाएर, झुम्रो लाएर सबै रहर हरु मेटिएकै हेर्दै हेर्दै मेरो पति परमेश्वर भन्दै परमेश्वरले कहिल्यै गल्ति गर्दैन भन्ने उसको भरोसाले माथी #चढायो मलाई।

पुत्रि मेरी : भगवानले दिएको सबैभन्दा सुन्दर उपहार हो उ।  त्यो उपहारको बारेमा धेरै बोलीसक्या छु। त्यहि आत्मज्ञान र समर्पणले,  जिम्मेवारीबोध ले #साथसाथ दियो मलाई।

प्यारा भाईहरु :  मलाई सधै ठुलै मानेर आफु बच्चै रहन खोज्ने, सबै छर्ल़ंगै हुदा पनि देख्ने तर नबुझ्ने अबुझ भएनि केटाकेटीलाई जस्तै बुझाए पछि आफ्नो गल्ति महसुस गरि प्रायश्चित गर्न तयार हुने अनि चुपचाप सिमीतता मै आधुनिकता बनाउने  कला र रमाउने ब्यहोरा ले #सुधार्यो मलाई।

दिदी एउटी : भाईका सबै पाईलाहरु मा सकारात्मक धारणा राख्दै, दाईलाई दिने स्थान प्रदान गरेर अ...हो ! अ...हो ! भन्दै गरिएको समर्थन, बिश्वास र प्रेरणाले #जगायो मलाई।

अनि म : यी सबै माया प्रेम, बिस्वास भरोसा, समर्थन र प्रेरणाले बनेको हुँ म / बनाईएको हुँ म। म म होईन त्यहि परिवारको सदस्य हुँ। मेरा सबै खुसी त्यहि हासियोस र सबै ऑशु त्यहि पोखियोस, मिठो नमिठो बॉडिचुडी। यो चाहना र मेरो आत्मसन्तुष्टिले खुशी खुशी #हिडायो मलाई।

धन्य छु भगवान प्रति, जननी र जन्मदाता प्रति। सधै यहि हास्न पाऊ, यस्तै खुशी बाच्न पाऊ....!

No comments:

Post a Comment