HI EVERYONE!

सु-स्वागतम :)
मेरो ब्लगमा आएर रूचि देखाईदिनु भएकोमा धन्यवाद ।।

Apr 3, 2017

आधा आधी जिन्दगीको

आधा आधी सकियो जिन्दगी, आजबाट ३१ लागेपछीको महसुस हो यो, ६० पछी जिन्दगी त रहला तर जिउन चाही गार्हो हुने अनुमान लगाउन समाजमा चलेका चलन ले उदाहरण प्रस्टै प्रसस्तै छन । चलेको जिवनशैली भन्दा भिन्न हुन सकियो भने अर्कै कुरो।

२० देखी ३० को दशक सबैभन्दा महत्वपुर्ण हुदो रहेछ, जिवनको खास मतलव पत्ता लाग्ने समय, धेरै थोरै मैले पनि बुझे।

संसार परिबर्तन गर्ने, पुर्ण देशभक्ति निभाउने सामर्थ्य त भएन मेरो, तर आफैलाई तोडमोड गरि सहि बाटोमा ल्याउने प्रयास भने गरे ।


यहि बीचमा ईमान्दारीता को पाठ सिकाउने बाउ-आमा, आत्मसम्मान कायम राख्न पुर्ण साथ दिने अन्तर्मनको सहयात्री बिनु जी, अभिभावकत्व को जिम्मेवारी सिकाउने मानुषी, भातृत्वभाव जगाउने दिदी-भाईहरु, सुखमा होस् या दुखमा जिन्दगी जसरी पनि चल्नु पर्छ भनेर प्रेरणा दिने, चलाउन हरदम साथ दिने साथीहरु, अनि संधै भरी म प्रति शुभेक्षा राख्ने इष्टमित्र र आफन्तजन। सबै प्रति कृतज्ञ छु यो खुशी को माहौंलका लागी...

शुभकामना

सोच्थें..! अर्धांगिनी हुनु को मतलब, आधा जिम्मेवारी लिने, आधा काम गरिदिने, आधा समस्या सल्टाई दिने, आधा चिन्ता भोगी दिने, आदि ईत्यादि .. !

गलत रहेछु ! तपाई संगको अनुपम साथ ले महसुस गरायो.. अर्धांगिनी आफ्नै आधा हुनु हो, आफ्नै चिन्ता हुनु हो, आफ्नै निर्णयमा ढुक्क हुनु हो, अर्को कोहि होईन, आफु आफै जिउनु हो । मेरो परिचयमा तपाईलाई पाउनु हो,तपाई म बाहेक होईन कि, म भित्रै हुनु हो !

यो सुख अतुलनिय छ, कायम रहोस्, बढ्दै जाओस् सधैभरी यसै गरि। #जन्मदिनको_शुभकामना ।

💞💞💐💐💐💞💞

#साईलाको_कथा

तलब आयो अरे..।।

एउटा मिठो मुस्कान देखियो, 


ड्युटी सकिए पछि सोझै एटिएम को सयजना जतिको लाईन मा बस्छ, बल्ल बल्ल पैसा निकालेसी अर्को आईएमी को बिस पच्चिस जना जतिको लाईन मा बस्छ, आफ्नो लागी काम चल्ने राखेर सब्बै अरु घरमा पठाईदिन्छ, पैसा पठाए पछि संगै गएका साथी भाई ले भन्छन - आज त सेलरी आएको दिन होटल मा खानु पर्छ, 

नाई यार !! अगिनै एटीम को लाईन बस्दा पिएको पेप्सी ले पेट दुखी राको छ म खान्न तिमोरु ईन्जोए गर, मेरो घरमा इम्पोर्टेन्ट कुरा गर्नु छ म रुम जान्छु" भनेर उस्को अनाबस्यक खर्च बाट जोगीयो र हिड्छ।

हतार हतार क्याम'मा पुगेर घर मिसकल गर्छ अनि वाईफाई मा ईमो खोलेर फोटो सेन्ड गर्दिन्छ।

त्यो बेला सम्म घरका सुतेका मान्छे नि उठेर अनलाईन आउछन्, पैसा पठाईदिएको खबर आदान प्रदान हुन्छ, हिसाब किताब को बेली बिस्तार हुन्छ, त्यो पैसा ले पनि तिर्न नभ्याएका हिसाब हरु अर्को सेलरी का लागी पेन्डिंग राखिन्छ र कुरा टुंग्याउछ।

लौ जा..! खाना त पका'कै छैन, यसो सोच्छ !!

पैसा निकाल्ने र पठाउने लाइन मा बस्दा तिन चार घन्टा त बित्यो, अब भ्याईदैन पकाउन।


नजिकै को दोकानमा जान्छ, एउटा खबुस र दहि ल्याउछ, खान्छ र भोली ड्युटी मा के खाने होला सोच्दै...... निदाउछ !!!


यसै गरी अर्को महिना आउछ जान्छ, यसै दोहोरिन्छ ....बर्ष बित्छ दशक जान्छ, अलिअलि सेलरी बढ्छ, अनि हुर्किएका केटाकेटी जस्तै आवश्यकता हरु बढ्दै जान्छन अनि उ यसै चालीस कटेसी रमाउने कल्पनामा फस्दै जान्छ ..!!



May 30, 2016

मेरो परिवार, मेरो परिचय..

Manik Gaire Family

सबैका जस्तै सायद

मेरो बाबा : कहिल्यै छोराले मरि मरि कमाओस र सम्पत्ति थुपारोस अनि त्यहि थुप्रो माथी बसेर छाती पिट्न पाउने चाहना राख्नु भएन, जति सकेको गर्दैछ दुखै गर्दैछ भन्ने बुझ्नु भो। त्यो आत्मिक भावनाले #धकेल्यो मलाई।

आमा मेरी : असहज थियो सबै, चाहिए जति पुगेकै थिएन। पुगेको जति आएकै थिएन, त्यो कठिन ब्यवस्थापनमा पनि कमाउने मैले कहिल्यै पुराउनु परेन, मैले टक्टकाएको खल्तिलाई नै लाख मान्दै प्रशस्तिको भान देखाउनु भो, आफै चल्नु भो अनि सबै चलाउनु भो। त्यो प्रेमले #सम्हाल्यो मलाई।

मेरी पत्नी : पहिलो दिनमै रहरहरु को मुख मा टालो हालीदिएको थिए मैले ( उसलाई थाहा छ, मलाई सम्झना छ ) तैपनि आफ्नो हिस्सा नखोजी, आधा अधिकार नमागी सिमीत आबस्यकता हरुमा परिवारले दिएको छाक खाएर, झुम्रो लाएर सबै रहर हरु मेटिएकै हेर्दै हेर्दै मेरो पति परमेश्वर भन्दै परमेश्वरले कहिल्यै गल्ति गर्दैन भन्ने उसको भरोसाले माथी #चढायो मलाई।

पुत्रि मेरी : भगवानले दिएको सबैभन्दा सुन्दर उपहार हो उ।  त्यो उपहारको बारेमा धेरै बोलीसक्या छु। त्यहि आत्मज्ञान र समर्पणले,  जिम्मेवारीबोध ले #साथसाथ दियो मलाई।

प्यारा भाईहरु :  मलाई सधै ठुलै मानेर आफु बच्चै रहन खोज्ने, सबै छर्ल़ंगै हुदा पनि देख्ने तर नबुझ्ने अबुझ भएनि केटाकेटीलाई जस्तै बुझाए पछि आफ्नो गल्ति महसुस गरि प्रायश्चित गर्न तयार हुने अनि चुपचाप सिमीतता मै आधुनिकता बनाउने  कला र रमाउने ब्यहोरा ले #सुधार्यो मलाई।

दिदी एउटी : भाईका सबै पाईलाहरु मा सकारात्मक धारणा राख्दै, दाईलाई दिने स्थान प्रदान गरेर अ...हो ! अ...हो ! भन्दै गरिएको समर्थन, बिश्वास र प्रेरणाले #जगायो मलाई।

अनि म : यी सबै माया प्रेम, बिस्वास भरोसा, समर्थन र प्रेरणाले बनेको हुँ म / बनाईएको हुँ म। म म होईन त्यहि परिवारको सदस्य हुँ। मेरा सबै खुसी त्यहि हासियोस र सबै ऑशु त्यहि पोखियोस, मिठो नमिठो बॉडिचुडी। यो चाहना र मेरो आत्मसन्तुष्टिले खुशी खुशी #हिडायो मलाई।

धन्य छु भगवान प्रति, जननी र जन्मदाता प्रति। सधै यहि हास्न पाऊ, यस्तै खुशी बाच्न पाऊ....!

Mar 19, 2016

Manushi Gaire

Manushi Gaire,
Born on 21th July 2014, Devdaha, Rupandehi, Nepal. As a daughter loving Father Mani and caring Mother Binu in a beautiful Gaire family. Her Name was created by his father taking His names first two latter and her mothers last two, Ma+Nu+Shi(added beauty only).She Has another cute nickname BiNisha".
Manushi Gaire is not just born as a ordinary girl, but she was living in a dream and imagination of her father since long time. As a blessing from god she arrived in real life with some beautiful hidden secret. Some more will be added soon.......!!!