HI EVERYONE!

सु-स्वागतम :)
मेरो ब्लगमा आएर रूचि देखाईदिनु भएकोमा धन्यवाद ।।

Apr 18, 2011

शुन्यता का पाइला ।


शुन्यता का पाइला

पूर्ण निरस
बिल्कुल एक्ला
गन्तब्यहिन
कुदेक पाइला
शुन्यता का पाइला

बाचेर होइन
बाचिदिएर
सोचेर होइन
सोचिदिएर
चलेका यात्राका
अबिराम पाइला
शुन्यता का पाइला

कश्टहरु खेप्दै तर
कारण नखोजी
कार्यहरु गर्दै तर
किन नबुझी
आफ्नो लागि नसोचेर
बाधेका पाइला पनि
शुन्यताका पाइला

प्यारो बन्ने रहर बिच बैरी बनेर
बग्दै आउछ बग्दै जान्छ
कीनार छोडेर
अधिकार बिहिन कर्तब्य
निभाइरहेका पाइला
शुन्यताका पाइला.....

बिगत गयो ,बर्तमान खोज्दै ,,,
भबिश्य नसोची
हरेस खाँदै मन्द गतिमा
घस्रिएका पाइला
शुन्यता का

जिउनु छ २ दिन
निदाएर १ दिन
मात्रा २४ घण्टा मा बाडिएका
निस्सार पाइला
शुन्यता का पाइला

सुरुवात जीवन को
अनी अन्त्य एक्लै
तर साथ खोज्दै
दौलत को चाहमा स्वार्थी बनेका
ब्यस्त पाइला
शुन्यता बस शुन्यता का पाइला ।

मनीक गैरे

                                    



No comments:

Post a Comment